ललितपुर । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको तेश्रो चरण खेल सकिदासम्म आयोजक ललितपुर स्पोर्ट्स क्लब र दोलखा चेस शोम ६ / ६ अंक सहित शीर्ष स्थानमा रहन सफल भएको छन् ।
आयोजक क्लव र लुम्बिनी ईभेन्ट म्यानेजमेन्ट बीचको खेलमा राजन सुवेदीले सीएम मिलन लामालाई, रिसोन थापाले कुशल बेलबासेलाई र आयुष देमन रौराले रिया श्रेष्ठमाथि जित हासिल गर्न सफल भएका छन् भने सरोज महर्जन खेल स्थलमा डिभाइस साथमा राखेर खेल्दा अयोग्य घोषित भई अंक गुमाउन पुगे । दोलखा चेस होमका डब्लुएफएम सुजना लोहनीले अभिक शाहमाथि जित दर्ता गरिन् । वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र पुरुषोतम सिलवाल, मुहान नर्सिङ श्रेष्ठ र स्वर्णिम दुवाल, सुश्रुत दहाल र राजेश कक्षपति बीचको खेल बराबरीमा टुङ्गिन पुग्यो ।
ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठान हलमा जारी प्रतियोगितामा पूर्व टिम च्याम्पियन थापाथली पार्क चेस क्लबले दोखला जिल्ला बुद्धिचाल संघमाथि २.५-१.५ को जित निकाल्न सफल भयो । पार्क टिमले ५ अंक बनाएका छन्। यसैगरी ललितपुर महानगरपालिका चेस टिमले कास्की जिल्ला बुद्धिचाल संघमाथि २.५( १.५ ले जित दर्ता गरे। जसमा ललितपुरका जनार्दन श्रेष्ठले महेश्वर अधिकारीलाई, पुनम प्रसाईले अनिज पोखरेललाई पराजित गरे भने आर्य मुकारुङ र आश्चर्य चौधरीसँग बराबरी गर्दै ललितपुर टिमलाई महत्वपूर्ण जित दिलाए । कमल श्रेष्ठ भने सागल शाईसँग पराजित हुन पुगे ।
त्यस्तै अर्को खेलमा मकवानपुर जिल्ला बुद्धिचाल संघले कास्कि जिल्ला बुद्धिचाल संलाई पराजित गर्दा सीएम श्रृष्ण थापा, सिन्देश्वर दाश र अनुशा गौतमले जित हात पारेका छन् । सुदेन टुईटुई अरिज पोखरेलसँग पराजित हुन पुगे । उता मख्खन चेस क्लब काठमाडौंले ललितपुर जिल्ला बुद्धिचाल संघलाई .५ अंकविरुद्ध ३.५ ले पराजित गर्दै महत्वपूर्ण २ अंक जोड्न सफल भएका छन् । ३ पटकका पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले कृष्णमान महर्जनलाई, शतिष शाहले कपिल घिमिरेलाई, रियान श्रेष्ठले शुभम यादवमाथि जित निकाले भने आर बज्राचार्य र बाबुराजा महर्जनबीचको खेल बराबरीमा टुङ्गिएको थियो ।
त्यसैगरी गोदावरी नगरपालिका र कोशी प्रदेश बुद्धिचाल संघबीचको खेल बराबरीमा सकिएको छ । गोदावरीका सान्ती धिमालले सजल न्यौपानेलाई पराजित गरिन् भने धिरेन राई र प्रकाश चन्द्र नेपाल, अशाक मोहन श्रेष्ठ र सविन चन्द्र घिमिरेबीचको खेल बराबरीमा सकिएका छन् भने सुभव न्यौपाने मिसन दहालसँग पराजित हुन पुगे ।
प्रतियोगिताको कूल पुरस्कार राशी ४ लाख ७० हजार रहेको संयोजक राजु ताम्राकारले जानकारी गराएका छन् भने पुष २८ गते समापन हुने पुरस्कार वितरण तथा समापन समारोहमा प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा हुनेछ।
0 Comments