Breaking News

6/recent/ticker-posts

Header Ads Widget

शंखधर सहकारीले जित्यो अन्तर साकोस बुद्धिचालको उपाधि

२१ पौष, ठिमी ।

            प्रथम माछापुच्छ्रे अन्तर सहकारी फिडे रेटिङ प्रतियोगिताको उपाधि शंखधर शाख्वा बचत तथा ऋण सहकारी संस्थाका रवि श्रेष्ठले जितेका छन्। मध्यपुर ठिमिमा सम्पन्न सात चरणको खेलमा रविले पाँच जित र दुई खेलमा बराबरी परिणाम निकाल्दै अपराजित ६ अंक सहित उपाधि हात पारेका छन्। उनलाई पछ्याउदै ६ अंक प्रोग्रेसिभको आधारमा दर्पण सहकारीका हेम भण्डारी दोश्रो स्थानमा रहन बाध्य बने। 



       जम्मा चौबीस वटा बचत तथा ऋण सहकारी संस्थाहरुको सहभागीता रहेको उक्त प्रतियोगितामा ओस्ला सहकारीका हरिचन्द्र होना ५.५ अंक प्राप्त गर्दै तेस्रो स्थानमा रहन सफल भएका छन्। यसैगरी आयोजक माछापुच्छ्रे सहकारीका शुन्दर श्रेष्ठ सहित वैभव सहकारीका उज्वल श्रेष्ठ, किसान सहकारीका जेन श्रेष्ठ, भुलखेल सहकारीका सयुष अमात्य, सिद्धार्थ सहकारीका रामहरि कार्की समान ५/५ अंक जोडेर पाँचौ देखि आठौं स्थानमा रहन सफल बने। बालकुमारी साकोस र विश्वास साकोसका पदमकृष्ण श्रेष्ठ र रुविन श्रेष्ठले समान ४.५ अंक प्राप्त गर्दै नवौं र दशौं स्थान हासिल गरेका छन्। 



      नेपालका ३७ राष्ट्रिय खेलाडीहरुको विचमा कडा प्रतिस्पर्धा गर्दै सिनियर एज क्याटेगोरी अन्तर्गत नव आदर्श साकोसका श्याम राजवाहक प्रथम र सिद्धार्थ साकोसका हरिभक्त श्रेष्ठ दोश्रो हुन सफल रहे। यस्तै यू१६ युवाहरु मध्ये शुभ दिव्येश्वरी सहकारीका श्रृजन श्रेष्ठ प्रथम र आयोजक माछापुच्छ्रे सहकारीका एपेक्स श्रेष्ठ द्वितीय बन्न सफल रहेका छन्। 

        आम नागरिकहरुमा सहकारी संस्था प्रति नकारात्मक भावना श्रृजित भइरहेको अवस्थामा समुदाय प्रति आधारित सहकारीहरुले चेस खेल मार्फत रचनात्मक क्रियाकलाप गर्नु महत्त्वपूर्ण कार्य हो भन्दै पुरस्कार वितरण कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका केन्द्रीय प्रतिनिधि निरञ्जन प्रजापतिले जनताको विचमा सहकारी उभिनु सकारात्मक सन्देश रहेको बताएका छन्। धेरै सहकारी संस्थाले जीवन निर्वाह गर्न प्रत्येक्ष योगदान पुर्‍याउदै आएको भएतापनि केही ठूला संस्थाहरुको परिधि अनियन्त्रित रुपमा फैलाउने खराब सपनाले सहकारी बदनाम भएको कुरा औल्याएका छन। उनले समुदायमा आधारित सहकारीहरु अहिले पनि जनताको सारथि बनेका हजारौं दृष्टान्त विध्यमान छन्। अर्को बर्ष अझ बृहत् रुपमा प्रतियोगिता आयोजना गर्ने माछापुच्छ्रे सहकारीका अध्यक्षले प्रतिबद्धता जाहेर गर्दै समापन समारोहमा नगद, प्रमाणपत्र र मेडल वितरण गरेका छन्।

Post a Comment

0 Comments