Breaking News

6/recent/ticker-posts

Header Ads Widget

माउण्ट एभरेष्ट चेस क्लबका चौलागाईंले जिते उपाधि

 

१३ माघ, काठमाडौं ।

                             वण्डर नेपाल प्रा.लि.को आयोजनामा सम्पन्न दुई दिने स्काई वाल्क टावर अण्डर १९०० रेटिङ फिडे बुद्धिचाल प्रतियोगिताको उपाधि माउण्ट एभरेष्ट चेस क्लबका १८९३ रेटेड सिएम पुरुषोत्तम चौलागाईंले जितेका छन्। पूर्व नेपाल च्याम्पियन चौलागाईंले नौ चरणको खेलमा सात जित, एक बराबर र एक खेलमा हार व्यहोर्दै समग्र ७.५ अंकका साथ विजेता बन्दै पुरस्कार नगद बीस हजार हात पारेका छन्। 



          कूल १४५ जना १९०० रेटिङ्ग मुनिका खेलाडीहरुको सहभागीता रहेको प्रतियोगितामा समान ७.५ अंक हासिल गरेता पनि डाइरेक्ट इनकाउन्टर , बुकोल्सका आधारमा कान्तिपुर चेस क्लबका पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार दोश्रो स्थानमा रहि नगद १३ हजार ,ललितपुर स्पोर्ट्स क्लबका धिरेन राई तेश्रो स्थानमा रहि नगद ८ हजार र भक्तपुरका हर्कबहादुर चोङ्वाङ चौथो स्थानमा रहि नगद ५ हजार हात पार्न सफल भएका छन्। 



          काठमाडौंको एकमात्र स्काई टावरमा सञ्चालन भएको उक्त रेटिङ्ग बुद्धिचाल खेलमा ७ अंक सहित पाँचौं स्थानमा रहन सफल पेभिलियोन चेस एकेडेमीका सुशील चौधरीले नगद पुरस्कार ४ हजार आफ्नो पोल्टोमा पारेका छन्। समान ७ अंकमा रहेर क्रमश: छैटौं देखि नवौं स्थान प्राप्त गर्ने खेलाडीमा ललितपुरका कमल श्रेष्ठ, विराटनगरका पूर्णराज खड्का, दमक झापाका मिशन दहाल, नवलपुर कावासोतिका सुजन काफ्ले र ६.५ अंक जोडेका भक्तपुरका निकेन कुसाथाले दशौं स्थानमा समेट्दै नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्। 

         काठमाडौं जिल्ला बुद्धिचाल संघको रोहवरमा खेलिएको प्रतियोगितामा ८० हजार नगद पुरस्कार प्रदान गरिएको थियो। जस अन्तर्गत १८०० रेटेड मुनि ललितपुर स्पोर्ट्स क्लबका सानुभाई महर्जन प्रथम , १६०० रेटिङ्ग मुनि थापथली पार्क चेस क्लबका भरत धिमाल, अनरेटेड तर्फ शंखुवासभाका राजकुमार राई प्रथम र राजबहादुर सिंह दोश्रो, सर्वोकृष्ट महिला खेलाडीमा नुवाकोटकी नेपाल च्याम्पियन डब्लूएफएम सुजना लोहनी, भेट्रान तर्फ इटहरीका नारायण प्रसाद खतिवडा, युवा १६ वर्षमा बौद्ध काठमाडौंका सजल न्यौपाने र युवा १४ वर्षमा पेभिलियोन चेस एकेडेमीका अग्रिम शैंजू अब्बल रहे। 

         गत महिना सम्पन्न तुल्सिलाल स्मृति क्लब टिम चेस प्रतियोगितामा गोदावरी नगरपालिकावाट प्रतिस्पर्धा गरेका शुभम् न्यौपाने आफ‌ै संयोजक बनेर स्काई टावर प्रतियोगिताको पुरस्कार रकम वण्डर नेपाल प्रा.लि. मार्फत प्रदान गरेका छन्। अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजुले प्रतियोगिताको सहजिकरण गरेका हुन्। उनले समापन समारोहमा बुद्धिचाल खेलको प्रवर्द्धन स्काई टावर मार्फत र स्काई टावरको प्रवर्द्धन चेस खेल मार्फत गर्न पाउँदा आयोजक प्रति अनुग्रह रहेको बताएका छन्। आयोजक वण्डर नेपाल प्रा.लि. का डिरेक्टर खेमराज न्यौपानेले चेस खेलकर्मीहरुले आधि शुल्कमा स्काई टावर माथि अवलोकनमा जान पाउने गरि समझदारी भएको जानकारी गराएका छन्।

Post a Comment

0 Comments