गल्छी खबर
माघ १४।
साप्ताहिक राशिफल (२०८० माघ १४ देखी २० सम्म)
१- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रारम्भमा बौद्धिक काम गर्ने अवसर प्राप्त हुनेछ। मातापिता तथा मान्यजनको सहयोग मिल्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ भने रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। पुरुषार्थी काम गर्दै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। स्रोतसाधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। वैदेशिक यात्राको योग छ । दिगो व्यवसायमा हातहाल्ने समय छ। आफन्तको सहयोगले अधुरा कार्य सुचारु हुनेछन् । साताको अन्यतिर आयआर्जनमा अवरोधको सामना गर्नुपर्नेछ । दाम्पत्य जीवनमा अविश्वास बढ्ने देखिन्छ । स्वास्थ्य अनुकूल रहनेछ । राजनीतिक गतिरोध कायमै रहनेछ । सामाजिक कार्य गर्ने अवसर जुट्नेछ । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ । सप्ताहान्तमा प्रियजनसँग रमाइलाे भेटघाट हुन सक्छ।
२- बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुरुमा पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ। स्वास्थ्य प्रतिकूल रहनेछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। कृषि कार्यमा लाभ मिल्नेछ । निर्माण सामग्रीको कारोबार बढ्नेछ । आयआर्जनको क्षेत्रमा नयाँ अवसर मिल्ने देखिन्छ । पारिवारिक सम्बन्ध सामान्य रहनेछ । आफन्त तथा साथीभाइको सहयोग मिल्नेछ । अचल सम्पत्तिको प्राप्तिका साथै स्थानान्तरणको योग पनि देखिन्छ । दाजुभाइ दिदीबहिनीबीच आत्मीयता बढ्नेछ अध्ययनमा प्रगति हुनाले सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। रोकिएका काम गर्न सकिनेछ। ईर्ष्या गर्नेहरू सहयोगीका रूपमा देखा पर्नेछन्। आँटले नयाँ काम प्रारम्भ हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।
३- मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साताको पूर्वार्द्ध अलि संघर्षमय रहनेछ। शारीरिक दुर्बलता बढ्नेछ । यात्रामा कष्ट होला । शत्रुहरू सबल रहनेछन् । आर्थिक पक्ष कमजोर रहनेछ । तथापी कर्ममा विश्वास गर्ने हुँदा कार्यमा उत्साह र जाँगर भने कायमै रहनेछ । आर्थिक क्षति हुने योग छ । प्रेमी–प्रेमिकाबीच प्रगाढ सम्बन्ध कायम हुनेछ । केही अवसर आए पनि अर्थ अभावले आँटेको काम रोकिन सक्छ। आफन्त टाढिनाले मौकामा ठूलो फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा अलि दु:ख पाइनेछ। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई बिस्तारै फाइदा हुनेछ। विहीबारदेखि स्थिति अनुकूल बन्नेछ। तर्कशक्ति बढ्नेछ भने सहपाठीहरूलाई पछि पार्दै शैक्षिक गतिविधिमा उपलब्धि हात पार्न सकिनेछ। प्रतिस्पर्धीले हार खालान्। आफन्तको सहयोग पाइनेछ । काम बन्नाले जोश-जाँगर बढ्नेछ।
४- कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा सुरुको प्रयत्नले साताभरि फाइदा दिलाउनेछ। पारिवारिक सुख मिल्नेछ । आयआर्जनमा सुधार आउनुका साथै नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ । । आफन्तको सहयोगले दैनिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग छ । बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। मंगलवारदेखि स्थिति केही उतारचढावमय रहनेछ। सहयाेगीहरूले साथ दिन छाड्नेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। परिस्थितिले खर्च बढाए पनि भौतिक साधन जुटाउन सकिनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले काममा साथ दिनेछन्। चिन्ता बढ्न सक्छ ।
५- सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रारम्भमा रमाइलो भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। व्यापार–व्यवसायबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखिएला । रचनात्मक कार्यमा रुचि बढ्नेछ । साहित्यिक गतिविधि बढ्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । मंगलवारदेखि चिताएको काम रोकिनाले आर्थिक पक्ष कमजोर बन्नेछ। अचल सम्पत्तिको कारोबारमा लाभ मिल्ने छैन । पारिवारिक मनमुटाव बढ्न सक्छ । आयआर्जनमा वृद्धि हुनेछ । छालाको समस्या देखिन सक्छ । आर्थिक पक्ष सबल बन्नेछ । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। भौतिक साधनकाे कमीले समस्या पर्न सक्छ। बिहीवारपछि स्थितिमा सुधार आउनाले लक्ष्य पहिल्याउन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ।
६- कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
। प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने अवस्था आउन सक्छ। गरगहना वा धन क्षय हुन सक्ने योग छ । पारिवारिक सद्भाव बढ्नेछ । यात्रामा कष्ट हुने देखिन्छ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ अर्थ अभाव देखिए पनि टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। । सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ । वाणीको प्रभाव रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । चल सम्पत्ति प्राप्त हुने योग छ । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ पछिका लागि लगानी गर्ने समय छ। मंगलवारदेखि आर्थिक स्थितिमा सुधार आउनेछ। केही उल्झन र अस्वस्थताले समस्या पर्ला। नयाँ काम प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूलाई समय दिँदैमा समय बित्न सक्छ। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउलान्। तापनि सप्ताहान्तमा धनलाभ हुने सम्भावना छ। स्राेत–साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ।
७- तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुरुमा आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। मंगलवारदेखि खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। समयमा होस नपुर्याउँदा धन बाहिरिने सम्भावना छ। बिहीवारपछि साथीभाइको सहयोग जुट्नेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। रमाइलो पारिवारिक भेटघाट हुनेछ। शत्रु सबल रहे पनि साथीभाइको सहयोगले कार्यमा सफलता मिल्नेछ । सामजिक कार्यमा मन लाग्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। कतै यात्रामा कष्ट पाइने देखिन्छ । आयआर्जन सन्तोषजनक रहनेछ । वैदेशिक कार्यमा अल्झन आउनेछ । पठन–पाठनमा रुचि बढ्नेछ । अचल सम्पत्तिको कारोबारबाट लाभ मिल्नेछ । अध्ययन–अध्यापनमा अवरोध आउनेछ । अलिक सन्तानबाट कष्ट पाइएला।
८-वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
।प्रारम्भमा घरकाे अलमलले काम राेकिन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। भूमि वाहन तथा घरघडेरीको कारोबार नगर्नु नै उचित रहनेछ । विदेश व्यापारबाट लाभ मिल्ने छैन । दाजुभाइ दिदीबहिनीबीच खटपट देखिनेछ । अनावश्यक झमेलामा परिनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। पारिवारिक सद्भाव बढ्नेछ । रचनात्मक कार्यमा मन लाग्नेछ । आदर्श व्यक्तित्वको मार्गदर्शन प्राप्त हुनेछ । अध्ययन–अध्यापन अवरुद्ध रहनेछ काम बिग्रने चिन्ताले सताए पनि भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। बिहीवारदेखि केही खर्चिलाे काम थालनी हुनेछ। यात्रा, लगानी तथा कामविशेषका लागि धेरै रकम जुटाउनुपर्ला। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ।
९- धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ । शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अध्ययन–अध्यापनमा सुधार आउनेछ । प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। दिगो काम प्रारम्भ हुनेछ र आम्दानी बढ्नेछ। कर्म गर्न तत्पर रहनुहोला। गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । अवरुद्ध रहेका कार्य सुचारु हुनेछन् । साहित्य लेखन कार्यबाट लाभ मिल्नेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। बिछोडिएका मित्रसँग भेट हुनेछ । तापनि शरिरमा आलस्य बढ्नेछ । इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। बीचमा काम अड्किने र परिस्थितिवश पुराना साझेदार टाढिने डरले सताउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न गर्नेछन्। कारणबस कुनै यात्रा कष्टदायक रहे पनि कार्य बन्नेछ ।
१०- मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुरुमा स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। साझेदारी व्यवसायमा विवाद उत्पन्न हुन सक्नेछ । चल सम्पत्तिको क्षय हुने योग छ । अनावश्यक खर्च वृद्धि हुनेछ । मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। शत्रु परास्त हुनेछन् । ईष्टमित्रको सहयोगले कार्यमा सफलता मिल्नेछ । पति–पत्नीबीच सुमधुर सम्बन्ध कायम हुनेछ । व्यवसायमा प्रगति हुनेछ । समाजमा मान–सम्मान पाइनेछ । शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ । सप्ताहान्तमा नयाँ अवसर प्राप्त हुनेछ र साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै आयस्रोत बढाउन सफल भइनेछ। सानो प्रयासले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउनेछ।
११- कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ । रमाइलो यात्राको सम्भावना देखिन्छ । कृषि कार्यमा लाभ मिल्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । वैदेशिक व्यापारमा प्रगति हुनेछ । भूमि वाहन तथा घर घडेरीको कारोबार नगर्नु नै उचित रहनेछ । आयआर्जनमा सुधार आउनेछ । प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मंगलवारदेखि केही समस्यासँग जुध्नुपर्ला। दैनिक कार्यमा मन जाने छैन । अनावश्यक खर्च बढ्नेछ । काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न गर्नेछन्। फेरी बिहीवारपछि स्थिति अनुकूल बन्नेछ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। तापनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ।
१२-मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुरुमा केही चुनाैतीसँग जुध्नुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काम बिग्रने चिन्ताले सताउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूबाट जाेगिएर काम गर्नुहाेला। स्वास्थ्यमा सामान्य समस्या आउनेछ । अध्ययन–अध्यापनमा खासै रुचि बढ्ने छैन । दाजुभाइको सहयोग रहे पनि शत्रुहरू भने सक्रिय रहनेछन् पेसा–व्यवसायमा मंगलवार र बुधवार विशेष लाभ हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ । टाढिएका मित्रसँग भेटघाट हुनेछ । उत्साह बढ्नेछ । विपरीत लिंगीको सहयोगले राम्रो कामको थालनी हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । यात्राको काममा केही समस्या देखिए पनि मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ केही बढी रकम खर्च हुन सक्छ तापनि व्यापार बढ्नाले फाइदा हुनेछ। मन मिल्ने साथी भेटिनाले प्रेमको गाँठो कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण कमजाेरी महसुस हुनेछ।
0 Comments