Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छीमा दुईदिने चेस स्कुल इन्स्टक्टर सेमिनार सम्पन्न

गल्छी खबर। धादिङको गल्छी गाउँपालिका वडा नं ६ मा रहेको त्रिशूली बिच रिसोर्टमा प्याब्सन आबद्ध शिक्षक शिक्षिकाहरुलाई दिईएको दुई दिने आवासीय चेस सम्बन्धी स्कुल इन्स्टक्टर तालिम सम्पन्न भएको छ ।





प्याब्सन वाग्मती प्रदेश र बुद्धिचाल महासंघको संयुक्त आयोजनामा वाग्मती प्रदेश अन्तर्गत धादिङ, नुवाकोट र रसुवा जिल्लाका शिक्षकहरुका लागि आयोजित तालिम शुक्रबार उद्घाटन भएर २३ गते शनिबार समापन भएको हो ।


कार्यक्रमलाई विद्यार्थीसम्म पुर्याउने जिम्मा सहभागीहरुको रहेको बुद्धिचाल महासंघका महा-सचिव धरम लामाले बताउनुभएको छ । यस्तै उत्कृष्टलाई छात्रवृत्ति दिएर पढाउने बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले बताउनुभएको छ ।



यस्तै प्याब्सन वाग्मती प्रदेशका प्रशिक्षण विभाग प्रमुख तथा कार्यक्रमका अध्यक्ष रामचन्द्र अर्यालले विद्यालय स्तरिय प्रतियोगिताका साथै विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल खेल्नका लागि प्रोत्साहित गरिने पनि बताउनुभयो । मुख्य प्रशिक्षक बुद्धिचाल महासंघका उप महासचिव मोनालिसा खम्बु र नेशनल आर्विटर सन्दीप घिमिरेले दिनुभएको प्रशिक्षण तालिममा २७ जनाको सहभागीता रहेको थियो ।





प्याब्सन वाग्मती प्रदेशका प्रशिक्षण विभाग प्रमुख रामचन्द्र अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका पूर्व केन्द्रीय उपाध्यक्ष शान्त विक्रम बानिँयाको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै बुद्धिचाल महासंघका उप महासचिव तथा प्रशिक्षक मोनालिसा खम्बु, प्याब्सन केन्द्रीय कार्यसमितिका केन्द्रीय सदस्य नारायण भण्डारी, पूर्व केन्द्रीय सचिवालय सदस्य नवराज ओझा, पूर्व केन्द्रीय सदस्य विजय श्रेष्ठ र बुद्धिचाल महासंघका जिल्ला अध्यक्ष विकास कार्कीको विशेष आतित्थ्यता रहेको थियो ।

यस्तै प्याब्सन नुवाकोटका जिल्ला अध्यक्ष तारा बहादुर कार्की, सल्लाहकार बुद्धिसागर रिजाल, प्याब्सन धादिङका कार्य समिति सदस्य भीमबहादुर श्रेष्ठ, बुद्धिचालका नेसनल आर्बिटर सन्दीप घिमिरे लगायतको आतित्थ्यता रहेको थियो । उद्घाटन कार्यक्रमको सहजीकरण प्याब्सन नुवाकोटका सचिव पुरुषोत्तम अधिकारीले गर्नुभएको थियो ।


यसैगरी समापन कार्यक्रममा प्याब्सन वाग्मती प्रदेशका प्रशिक्षण विभाग प्रमुख रामचन्द्र अर्यालकोको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको प्रमुख आतित्थ्यता रहेको थियो । यसैगरी बुद्धिचाल महासंघका महासचिव धरम लामा, बुद्धिचाल महासंघका उप महासचिव मोनालिसा खम्बु, बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकार, प्याब्सन धादिङका जिल्ला अध्यक्ष विनोद मान श्रेष्ठ, प्याब्सन धादिङका सचिव रामहरि अधिकारीको विशेष आतित्थ्यता रहेको कार्यक्रममा प्याब्सन वाग्मती प्रदेशका सहसचिव जीवनराज पन्थीले समापन कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

Post a Comment

0 Comments