Breaking News

6/recent/ticker-posts

Header Ads Widget

बुद्धिचाल खेलाडी चीनतर्फ

मंसिर ३० काठमाडौ। चाइना चेस संघको निमन्त्रणामा सिन्डाओ प्रदेशको आयोजनामा यही मंसिर ३० र  पुष  १ मा हुने रापिड चेस प्रतियोगितामा सहभागीता जनाउन नेपाली बुद्धिचाल खेलाडीहरु चीनको सिन्डाओ सिटीतर्फ शनिबार प्रस्थान गरेका छन्।



नेपाल बुद्धिचाल महासंघका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जनको नेतृत्वमा सि एम २०१० रेटेड काभ्रेका मिलन लामा, १९४४ रेटेड मकवानपुरका सि एम कृष्ण थापा र १५२७  रेटेड झापाका कृृतिसारा अधिकारी त्यसतर्फ लागेका हुन्।



२००० रेटेड माथिका   खेलाडी सहभागी हुने दुई दिने प्रतियोगितामा नेपाल बुद्धिचाल महासंघको विशेष अनुरोधमा कम रेटिङ भए पनि कृष्ण र कृतिसारालाई छोटो समयको निमन्त्रणामा सहभागीता गराइको हो।

प्रतियोगितामा नेपाल, श्रीलंका, पाकिस्तान , मंगोलिया, बंगलादेश, रसिया, काजक्स्तान, किर्गिस्तान , तुर्कीमिनिस्तान र  चीनको तीन वटा गरी १२ वटा टिमको सहभागीता  रहेको छन्।

दुई पुरुष र अनिवार्य एक महिला रहने अन्तर्राष्ट्रिय टिम प्रतियोगितामा प्रत्येक चरणमा बिजेता टिमले २ अंक जोड्ने छ।

सहभागी  सबै टोलीलाई नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका विजेता टिमलाई ८० हजार चाइनिज युयान , उप विजेताताले ६० हजार  युयान र तेस्रोले ४० हजार हात पार्नेछन् भने पुछारमा रहेका टिमले ४ हजार युवान नगद पुरस्कार प्राप्त गर्नेछ । 

प्रतियोगिता राउन्ड रोविनको आधारमा ११ औं चरणसम्म हुनेछ।

Post a Comment

0 Comments