Breaking News

6/recent/ticker-posts

Header Ads Widget

विश्वस्तरीय बुद्धिचाल खेलाडीसंग नेपाल पराजित

        साङ्डोङ प्रदेश, चाइना ,पुष ३ । चाइना चेस संघको आमन्त्रणमा आठ राष्ट्र सम्मिलित साङ्घे होल्डिङ्ग कप पाँचौ एससिओ अन्तर्राष्ट्रिय टिम चेस प्रतियोगिता चाइनाको साङ्डोङ प्रदेशमा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा चाइनाका तिन टिम सहित नेपाल, मङ्गोलिया, इरान, किर्गिस्तान, काजकिस्तान, ताजिकिस्तान र रसिया देशका सुपर जिएम सहित विश्व स्तरीय खेलाडिहरुको सहभागी रहेको थियो। 


      ९ चरणको खेल अन्तर्गत तेश्रो चरणको खेलमा नेपालका १९२६ रेटेड सिएम कृष्ण थापाले २१औं विश्व वरियताका २७४४ रेटेड चाइनिज सुपर जिएम वीई (GM wei yi) र सातौं चरणको खेलमा ३२ औं विश्व वरियताका २७१२ रेटेड रसियन खेलाडी सुपर जिएम ड्यानियल डुबोभ (GM Daniil dubob) संग प्रतिस्पर्धा गर्ने मौका प्राप्त गरेका थिए। थापाले आफू भन्दा उच्च खेलाडीहरु चार जिएम, एक आईएम र दुई एफएम संगको खेल मध्ये ताजकिस्तानका २२७६ रेटेड आईएम मोहम्मद खुसेन खोजेभलाई  बराबरीमा रोक्न सफल भएका थिए।




      प्रतियोगितामा सहभागी अर्का नेपाली खेलाडी १९९२ रेटेड सिएम मिलन लामाले पनि ३५औं विश्व बरियताका २७१० रेटड सुपर जिएम वाङ् युए ( GM Wang Yue) संग प्रतिस्पर्धा गर्ने मौका पाएका थिए। मिलन लामाले उच्च खेलको प्रदर्शन गर्ने क्रममा मङ्गोलियाका २३४० रेटेड एफएम अमिलाल मुंखदालिल संग बराबरी   गरे भने काजकिस्तानका २१८९ रेटेड सिएम आसिलोभ मिरास र ताजिस्कास्तानका २१५८ रेटेड एफएम कारिमोभ अलिशेरलाई पराजित गर्न सफल भएका छन्।





      उक्त प्रतियोगितामा नेपालका एक मात्र सहभागी १५०३ रेटेड महिला खेलाडी कृतिसरा अधिकारीले पनि वोर्ड च्याम्पियनसिपका दाबेदारी उच्च वरियता प्राप्त चाइनाकी २५२८ रेटेड जिएम तान जोङ्गयी लगायतका डब्लू जिएम, आईएम, डब्लू आईएम,डब्लू एफएमहरुका बिच उच्चस्तरीय खेलको अनुभव बटुल्ने मौका पाएका छन्।

     अन्तर्राष्ट्रिय आमन्त्रित टिम चेस प्रतियोगितामा नेपाल बुद्धिचाल महासंघका कावा अध्यक्ष हिराकाजी महर्जनको नेतृत्वमा दुई पुरुष र एक महिला खेलाडीहरुले सहभागी जनाएका थिए। यस प्रतियोगिताका बिजेता रसियान टिमले ८० हजार युयान, उप बिजेता चाइनाले ६० हजार युयान र तेश्रो स्थानका मङ्गोलियाले ४० हजार युयान पुरस्कार जित्न सफल भएका छन्। नेपाली बुद्धिचाल टिमले दशौं स्थानमा रहि ६ हजार युयान नगद पुरस्कार प्राप्त गरेका छन्। 

         नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारले प्रतियोगिताको बिषयमा जानकारी दिदै यस्तो खालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली टोलिले सहभागीता जनाउन निमन्त्रणा पाउनु सौभाग्यको कुरा हो। राउण्ड रोविनका आधारमा सबै टोलीसंग एक आपसमा प्रतिस्पर्धा गर्दा विश्व स्तरीय खेलाडीहरु संग नेपाली खेलाडीहरुले खेल्ने र सिक्ने मौका प्राप्त गरेका छन्। नेपाल सरकार र खेलकुद क्षेत्रले बुद्धिचाल खेललाई खेलको रूपमा ग्रहण गर्न कञ्जुस गर्ने गरेका छन्।आफ्नै बलबुतामा बुद्धिचाल खेल खेल्दै आएका खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन वैदेशिक प्रशिक्षण विना राम्रो नतिजाको आशा गर्नु बेर्थ हुनेछ भन्दै नेपाली खेलाडीहरुले १ अंक्षमा सिमित बनेर अन्तिम स्थानमा रहदा दुख: नलागेको बताए ।

Post a Comment

0 Comments