नेपाल बुद्धिचाल महासंघको विशेष सहयोगमा सञ्चालन भइरहेको " हेटौंडा कप एशियाली खुल्ला बुद्धिचाल प्रतियोगिता-२०८०" को पाँचौँ चरण सम्पन्न हुँदा २३९३ रेटेड भारतीय खेलाडी सुभयान कुण्डुले अपराजित यात्रा जारि राखेका छन्। उनले चौथो राउन्डमा सौरभ चौबे माथि सहज जीत हात पारे भने पाँचौं राउन्डमा दोस्रो वरियताका बंगलादेशी अन्तराष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिन संग बराबरीमा गरेका छन्।
हेटौंडा चेस क्लबको ब्यवस्थापन रहेको होटल सामना परिषर भित्र भइरहेको उक्त खेलमा भारतीय खेलाडी राहुल गुरुङले देवराज र श्रायण माजुम्दारलाई पराजित गरे भने बंगलादेशी एफएम नयेन हकले श्रयणसंग बराबरि गरि पाँचौ चरणमा अमरदीप बर्तकेलाई पराजित गरे।
मकवानपुर बुद्धिचाल संघको सह आयोजनमा भएको खेलमा नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले भारतीय खेलाडी आशुतोष कुमार र पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईले अभिनव कुमारलाई पराजित गर्दै ४ अंक जोडेका छन्। त्यसै गरी चार अंकका साथ बंगलादेशी आईएम अबु सुफियान सकिल र भारतीय खेलाडीहरु एफएम अरविन्द प्रित सिंह, एरिना एफएम सौरभ चौवे, अक्षत नेगी, देबौषणीक डे र अमरदीप बर्कते पछ्याउँदै छन्।
पाँचौं राउन्डमा नेपाली युवा खेलाडी एरिना आईएम सुश्रुत दाहालले बंगलादेशी एफएम मोहमद शरीफ हुसैन संग बराबरी खेल्दै ३.५ अंक हात पारेको छ,, त्यसै गरी बंगलादेशी एफएम महमद शरीफ, एफएम शेख नासिर अहमद, आशिष राज र शिवम् चौधरी पनि ३.५ अन बटुल्न सफल भएका छन्।
कुल पाँच लाख सतासी हजार पाँच सय नगद पुरस्कार राशी भएको प्रतियोगिता आइतबार सम्पन्न हुन्छ।
0 Comments