धादिङ – धादिङको गल्छी गाउँपालिका भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। भेला कात्तिक २५ गते (शनिवार) गल्छी गाउँपालिका वडा नं ८ स्थित छाङ्गेश्वर महादेव मन्दिर स्थित भवनमा हुने भएको छ।
भेलालाई लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाले गल्छी गाउँपालिका कमिटी पनि गठन गर्नेछ। भेला बिहान ९ बजे हुनेछ।
भेलालाई सभापति लामिछानेका साथै उपसभापति डोलप्रसाद अर्याल र सोबिता गौतमले पनि सम्बोधन गर्नेछन्।
अर्यालले धादिङको विकास र समृद्धिका लागि स्थानीयवासी र जनप्रतिनिधिसँग सल्लाह सुझाव लिइरहेका छन्। उनले धादिङ जिल्लाको विकासका लागि आफू रातोदिन खटिरहेको पनि भेटघाटका क्रममा बताए।
0 Comments