बैरेनी,धादिङ। धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आज मंगलबार रक्तदान कार्यक्रम भएको छ।
हाइवे बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ९४ जना पुरुष र ११ जना महिला गरी १०५ जनाले रक्तदान गरेको हाइवे साकोसका व्यवस्थापक ऋषि राम नेपालले बताए।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको धादिङको प्राविधिक सहयोग रहेको थियो। धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ । जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष शिव बहादुर भण्डारीले बताए ।
0 Comments