Breaking News

6/recent/ticker-posts

Header Ads Widget

तेस्रो चरणको खेलमा नेपाली खेलाडीहरुको निराश जनक प्रदर्शन ।

हेटौंडाको सामना होटलमा सञ्चालन भइरहेको, नेपाल बुद्धिचाल महासंघको विशेष सहयोगमा तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा "हेटौडा कप एशियाली खुल्ला बुद्धिचाल प्रतियोगिता-२०८०"को तेस्रो राउण्ड समाप्त भएका छन्।र भारतका सुभयान कुण्डु, बंगलादेशका आइएम मोहमद मिजाउदिन, फिडे मास्टर मोहमद सरिफ हुस‌ैन नयेम हक भारतीय एफएम अर्बिन्देर प्रित सिंह, एरिना एफएम सौरभ चौबे, श्रयण मजुम्दार र अमरदीप बर्ट्टके ३ अंक सहित संयुक्तरूपमा शिर्ष स्थानमा रहन सफल भएका छन्।


२३९३ रेटिङ भएका यस प्रतियोगिताका शीर्ष वरियताका भारतीय खेलाडी कुण्डुले तेस्रो चरणमा नेपाली युवा (यु-१५) खेलाडी पुरुषोत्तम सिलवाल माथी जीत निकाल्दै शतप्रतिशत अंक प्राप्त गर्न सफल भए। 

 त्यसैगरी अर्को नेपाली युवा खेलाडी ईन्जिनियर तथा एरिना आईएम ले नृपालका सुश्रुत दाहाललाई मात दिदै दोस्रो वरियताका बंगलादेशी आईएम मोहमद मिजाउदिन पनि ३ अंक बटुुल्न सफल भए।  


त्यसतै बंगलादेशी एफएम मोहमद सरिफले नेपालका राजन सुवेदीलाई र नयेम हक भारतनका मोहित कसमार सोनीलाई पराजित गरेका थिए। भारतीय एफएम अर्बिन्देर प्रित सिंहले भारतकै शसुन्तोष कुमारलाई पन्छाए भने एरिना एफएम सौरभ चौबेले भारतका अमित धोन्दियाललाई हराएका थिए।



त्यसैगरी भारतका श्रयण मजुम्दारले बंगलादेशका मोहमद रसिदलाई पराजित गर्न सफल भए भने अमरदीप बर्ट्टकेले श्रीलंकाका खेलाडी सचिने रणसिंघे माथी बाजि मारे। 

बंगलादेशी अन्तराष्ट्रिय मास्टर (आईएम) अबु सुफियान शकिल भारतीय १७६३ रेटिङ भएका कमद मिश्रसंग बराबरमा रोकिए, दुवैको समान २.५ अंक छ त्यसैगरी बंगलादेशी एफएम देवराज चतर्कीलाई दोस्रो झड्का दिँदै भारतीय खेलाडी राज देव, राहुल गुरुङ र फतिमा मरीउम समान साढे दुई अंकका साथ पछ्याउँदै छैन।

वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, श्रीलंकन महिला अन्तराष्ट्रिय मास्टर(डब्लुएफएम) सचिनी रानासिंघे, पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाल, एफएम अहमेद शेख नासिर, पुर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाई, युवा खेलाडी शुभम् श्रेष्ठ, राजन सुवेदी, मोहित कुमार सोनी, आसुतोष कुमार, अमित धोङ्दियाल, मोहमद रसिद सिद्दिकी, पंकज बोर्से, अक्षत नेगी, आशिष राई, आदित्य बर्कते, झिल्के मोक्तान, सोम्यजित दास, देवौस्निक डे, अमन कुमार, आर्तिन्जय साह, धिरेन राई, अभिनव चौहान र कृष्ण सिग्देल समान २ अंकका बनाउन सफल भएका छन्।

कुल पाँच लाख सतासी हजार पाँच सय नगद पुरस्कार रहेको यस प्रतियोगिता विजेताले (एक लाख पच्चिस हजार)प्राप्त गर्ने छ, उत्कृष्ठ १५ र क्याटवरी २३ गरी कुल ३८ जना खेलाडी पुरस्कृत हुने कार्यक्रम संयोजक तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघको महासचिव धरम बहादु लामाले जानकारी दिनुभयो।

Post a Comment

0 Comments