Breaking News

6/recent/ticker-posts

Header Ads Widget

बिचौलियाको उठबस भ‌एपछि क्यान्टिन हटाउन निर्देशन

धादिङ, कात्तिक १७ गते । सरकारी कार्यालयको परिसर भित्र सञ्चालनमा रहेका क्यान्टिनहरूमा बिचौलिया दलालहरूको उठबस बढी भएको गुनासो पछि जिल्ला प्रशासन कार्यालय धादिङले सञ्चालित सबै क्यान्टिन हटाउन निर्देशन दिएको छ ।



प्रक्रिया समेत पुरा नगरी सरकारी सम्पत्ति प्रयोग सञ्चालनमा रहेका क्यान्टिनहरूलाई तत्काल हट्न निर्देशन दिएको छ । सेवाग्राहीलाई प्रलोभनमा पार्ने र बिचौलियाले प्रशासनको सेवा प्रवाहमा आँच पुर्‍याउने काम गरेको गुनासो बढेको निर्देशन गरिएको पत्रमा उल्लेख छ । 



क्यान्टिनमा सेवाग्राहीलाई महँगो र गुणस्तरहीन खानेकुरा खवाउने गरेको समेत पाइएको छ । 

Post a Comment

0 Comments