काठमाडौं लगायत नेपालका थुप्रै ठाउँहरुमा मध्यरातमा भूकम्पको धक्का महसुस गरिएको छ।
राति अर्थात विहीबार विहान करिव १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।
मध्यरातमा गएको भूकम्पले मानिसहरु होहल्ला गर्दै घर बाहिर निस्केका छन ।
भूकम्पको केन्द्रबिन्दु कहाँ कति रेक्टरको भन्ने बारे विस्तृत विवरण आइसकेको छैन। खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको रेक्टर मापन भइरहेको जनाएको छ।
भूकम्पको बारेमा थप विवरण आउन बाँकी छ ।
0 Comments