Breaking News

6/recent/ticker-posts

Header Ads Widget

सक्सेसमा सम्पन्न भयो नि:शुल्क आँखा शिविर, १५० बढीले लिए सेवा

गल्छी खबर । धादिङ गल्छी गाउँपालिका वडा नं ६ स्थित सक्सेस एकेडेमीको प्राङ्गणमा एकदिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । बिहिबार गरिएको निःशुल्क आँखा शिविरमा १५० जना भन्दा वढीले सेवा लिएका छन् । 



 


सक्सेस एकेडेमीको आयोजना र तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा निशुल्क शिविर सम्पन्न भएको हो । निशुल्क आँखा शिविरबाट १५१ जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएका छन् ।

 




जसमध्ये ६७ जना पुरुष र ८४ जना महिला रहेको र चेकजाँचका क्रममा निःशुल्क औषधी वितरण गर्नुका साथै १७ जनाको आँखामा समस्या देखिएकोले उनीहरुलाई आँखाको अप्रेसनका लागि काठमाडौँ तिलगंगा आँखा प्रतिष्ठानमा पठाइएको आयोजक एवं सक्सेस एकेडेमीका शिक्षक रामचन्द्र अर्यालले बताउनुभयो।

 



अप्रेशनकालागी काठमाडौँ रिफर गरिएका १७ जनालाई जान आउने व्यवस्था सहित खानपान र बस्ने व्यवस्था नि: शुल्क गरिएको छ । आम नागरिकलाई सहज वातावरणमा आँखाको चेक जाँच गरी आफ्नै घरआँगनमा नेत्राधिकृत सहितको आँखा विशेषज्ञ टोलीमार्फत उपचार गराइएको थियो ।

 

अर्यालले सक्सेस एकेडेमीले विगतमा दिनमा समेत निःशुल्क आँखा शिविर सञ्चालन गरेको बताउदै आउँदा दिनमा समेत शिविर सञ्चालन गर्ने बताउनुभयो ।

 

अर्यालले शरिरका सवै अङ्गको आफ्नै महत्व भएको र आँखा सवै भन्दा महत्वपूर्ण अङ्ग भएकोले नि:शुल्क आँखा शिविर सञ्चालन गरेको बताए ।



Post a Comment

0 Comments