गल्छी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी धादिङ गल्छी गाउँपालिकाको सभापतिमा कुमार रिमाल निर्वाचित हुनुभएको छ । गल्छी गाउँपालिका वडा नम्बर ८ स्थित छाँगेश्वर महादेवको मन्दिर प्राङ्गणमा सम्पन्न भएको भेलाले कुमार रिमालको सभापतित्वमा नयाँ कार्य समिति गठन गरीएको हो । नवगठित समितिको उप–सभापतिमा रमेश अधिकारी, सचिवमा गिता नेपाल, कोषाध्यक्षमा सुजन घिमिरे निर्वाचित हुनुभएको हो ।
यसैगरी सदस्यहरुमा रामकृष्ण खतिवडा, लुमडी प्रसाद खतिवडा, राते बहादुर तामाङ, चित्र कुमारी श्रेष्ठ, नारायण प्रसाद आचार्य र वासु खतिवडा निर्वाचित हुनुभएको छ। यसैगरी भेलाले षडङ्ग प्रसाद ओझालाई र्यापिड एक्सन टिमको सदस्यमा निर्वाचित गरेको छ ।भेलाले रामशरण भण्डारीलाई संगठन विभाग प्रमुख र शुरेन्द्र कुमार नगरकोटीलाई सल्लाहकारमा निर्वाचित गरेको छ ।
श्रवण त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको भेलामा पार्टी सभापति रवि लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । रास्वपा नेपालका उप सभापति डोल प्रसाद अर्याल(डिपी) अर्यालको विशेष आतिथ्यता रहेको कार्यक्रममा रास्वपाका स्थानीय तथा जिल्लाका नेतृत्वकर्ताहरुको सहभागिता रहेको थियो ।
0 Comments