Breaking News

6/recent/ticker-posts

Header Ads Widget

धुनिवेशीका नगर प्रमुख आचार्य सहित ८ जना करदाता र १ जना कर्मचारी सम्मानित

गल्छी खबर । करदाता सेवा कार्यालय, गल्छीले १२ औं कर दिवस तथा कर सप्ताहको अवसरमा करदाता सम्मान र उत्कृष्ट कर्मचारी पुरस्कृत गरेको छ ।



″स्वच्छ पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय,आर्थिक समृद्धी र सुशासन‶भन्ने मुल नाराका साथ करदाता सेवा कार्यालय, गल्छीमा सम्पन्न कार्यक्रममा उद्योग, व्यापार, बैंक तथा वितिय संस्था र शैक्षिक संस्था क्षेत्रका १/१ गरी आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी आयकर दाखिला गर्ने ८ जना करदातालाई सम्मान गरेको हो ।



सम्मानित हुनेमा धुनिवेशी नगरपालिकाका नगर प्रमुख तथा बि.के इन्टरप्राइजेज धुनिवेशी ६ धार्केका प्रोपाइटर बालकृष्ण आचार्य, हाम्रो अक्सिजन ग्यास प्रा.लि. नुवाकोट, आर.आर फर्म प्रा.लि धादिङ, स्पीड अट्रो इन्टरप्राइजेज नुवाकोट, दुई पिपल महिला साना किसान कृषि सहकारी संस्था लि.नुवाकोट, भैरवी बचत तथा ऋण सहकारी संस्था लि. धादिङ, अर्किड एकेडेमी नुवाकोट र चिल्डेन पार्क बोर्डिङ स्कुल धादिङलाई १२औं कर दिवसको अवसरमा उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो।

सो अवसरमा कार्यालयमा कार्यरत कर्मचारी पुरुषोत्तम खतिवडालाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको छ । छनौट गरिएका व्यवसायी र कर्मचारीलाई गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले सम्मान–पत्र एवं प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।


करदाता सेवा कार्यालय गल्छीका अधिकृत शिखा वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, गल्छीका उपाध्यक्ष भाईकाजी तिवारी, जिसस धादिङका उपप्रमुख कुलमान विक, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलिया, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत करदाताहरुको उपस्थिति रहेको थियो। 

Post a Comment

0 Comments