धादिङ । नुवाकोट र धादिङका ८ क्लवले भाग लिएको नवज्योति युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगीतामा गल्छीको शुभारम्भ युवा समाज दोस्रो हुदै फर्किएको छ।
आज भएको फाईनल खेलमा न्यू भिजन युवा क्लव १० नम्बरका खेलाडी तेज बहादुर घलेले खेल सुरु भएकाे बिस मिनेटमा १ गोल गर्दै अग्रता दिलाएका थिए भने २५ मिनेटमा ९९ नम्बर खेलाडी उमेश लामाले अर्को १ गोल गर्दै जितलाई सुनिश्चित बनाउन सफल भए।
पुरस्कार स्वरूप विजेतालाई नगद रु ३०००० सहित प्रमाणपत्र, मेडल र शिल, उपविजेतालाई नगद रु १५००० सहित प्रमाणपत्र, मेडल र शिल प्रदान गरिएको थियो भने प्रतियोगितामा तृतीय हुनेले खसी पुरस्कार पाएका थिए।
उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकको पुरस्कार शुभारम्भ युवा समाज गल्छीका अर्जुन गुरुङ र अब्राहम परियारले पाएका थिए भने सर्वाधिक गोलकर्ता न्यू भिजन युथ क्लवका तेज बहादुर घलेलाई प्रदान गरिएको थियो।
0 Comments