गल्छी खबर। नेपाल खेलकुद महासंघको आयोजनामा खेलकुद महोत्सव अन्तर्गतको राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको उपाधि रापिड खुल्लातर्फ कोशी प्रदेशका सुशुरत, दाहाल, महिलातर्फ मधेश प्रदेशका सुशीला गुरुङले जितेका छन् भने ब्लित्ज द्रुतगतिको खेलमा कोशी प्रदेशकै राजन सुवेदी र महिलातर्फ पनि कोशी पूनम प्रसाईंले स्वर्ण पदक हात पारे।
रापिडमा सुशुरतले अन्तिम चरणको लाई बागमती प्रदेशका पुरुषोत्तम सिलवाललाई हराएका थिए भने सुशीलाले पाँचौ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन बागमती प्रदेशका सिन्दिरा जोशीलाई पराजित गरिन्।
पाँचौ चरणसम्म भएको ब्लिजमा पूनमले पनि सिन्दिरा जोशीलाई नै निराश बनाइन् ।
राजनले लुम्बिनी प्रदेशका सुमन श्रेष्ठलाई पन्छाएका थिए।
मकवानपुरको हेटौंडा स्थित होटेल फोरेस्ट भ्युमा संचालित प्रतियोगितामा रापिड खुल्लामा बागमतीका पुरुषोत्तम सिलवाल रजक पदक र लुम्बिनीका सुमन श्रेष्ठले कास्य पदक पाए भने ब्लिजतर्फ बागमतीका कृष्ण थापा रजत र मधेश प्रदेशका नेपाल च्याम्पियन रुपेश जैसवालले कास्य पदक हात पारे।
स्वीस लिग प्रणाली अनुसार पाँचौ चरणसम्म भएको प्रतियोगितामा रापिड महिलातर्फ बागमती प्रदेशका सिन्दिरा जोशीले रजक र कोशी प्रदेशका कृतिसारा अधिकारीले कास्य पदक प्राप्त गरिन् भने ब्लिजमा सिन्दिरा जोशीले नै रजक र गण्डकी प्रदेशका पूजा भण्डारीले कास्य पदक हात पारिन्।
प्रत्येक प्रदेशका ३/३ जना खेलाडीहरु सहभागी हुने नियम अनुसार खुल्लतर्फ २१ जना खेलाडी र महिलातर्फ १९ जना खेलाडीहरुको सहभागीता रहेको प्रतियोगितामा विजयी खेलाडीहरुलाई जनही स्वर्णचर्फ ३ हजार , रजतमा २ हजार र कास्य पदक हात पारेका खेलाडीहरुलाई प्रदान गरे।
विजेता खेलाडीहरुलाई नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले नगद, प्रमाणपत्र र पदक वितरण गरि पुरस्कृत गरेका थिए भने नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष हेराकाजी महर्जनले संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो।
0 Comments