धादिङ, गल्छी खबर । बागमती प्रदेश सरकारले यही भदौ २२ गते ३ जिल्ला मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी (छोनाम) पर्वको अवसरमा यही भदौ २२ गते प्रदेशको तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बागमती प्रदेशका तीन जिल्ला मकवानपुर, चितवन र धादिङ चेपाङ समुदायको बाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि बिदा दिइएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री श्रेष्ठले बताउनुभयो ।
0 Comments