धादिङ । धादिङको गल्छी गाउँपालिकाले पालिका भित्र रहेका माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरी बालदिवस मनाएको छ ।
बालबालिकामा लगानी: निश्चित भविष्यको थालनी भन्ने नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा गल्छी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा समृद्ध नेपाल निर्माणमा विद्यालय शिक्षाको भूमिका विषयक गाउँपालिकास्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा जनकल्याण माध्यामिक विद्यालयकी छात्रा समृद्धि दाहाल प्रथम भएकी छिन् ।
तस्बिर: गल्छी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पेमा दोर्जे थोकर
प्रतियोगितामा द राइजिङ भिलेज माध्यामिक विद्यालयका छात्र विवेक थापा द्वितिय, बागेश्वरी माध्यामिक विद्यालयकी छात्रा रोशणी वाग्ले तृतीय भएकी छिन।
तस्बिर: गल्छी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पेमा दोर्जे थोकर
१० वटा मा.वि. रहेको गल्छीमा ९ वटा मा.वि.हरुले यस प्रतियोगितमा भाग लिएका थिए । विजेता विद्यार्थीहरुलाई पालिका अध्यक्ष केदारनाथ खतिवडा र उपाध्यक्ष भाईकाजी तिवारीले पुरस्कार प्रदान गरेका थिए ।
0 Comments