Pic:- Facebook |
गल्छि खबर साउन २८।
कति आएकोहि आए :- पुरुषोत्तम प्याकुरेल
नाता जोड्न कति तोडि गए
बिछोड बियोग हुन्थ्यो र कहिं माया हुने भए!
कोहि मुटुमा बसे छुरा धसेर गए
कोहि सोचमा बसे याद बनेर गए
तिमी मेरो दैनिकिमा छुन्मुनाउन है?
बिपनिमा पनि माया हुन्छ भन्ने भए।
कोहि आँखामा बसे आँसु बनेर गए
कोहि ओठमा बसे चोट बनेर गए
तिमी मेरो स्पन्दनमा ढुक्ढुकाउन है?
कलियुगमा पनि साँचो माया हुने भए।
कोहि समृद्धिमा आए गरिबिमा गए
कोहि खुसीमा आए दुःखमा गए
तिमी मेरो सदाबहार बनिदेउन है?
माया प्रीति बर्ग बिहिन पनि हुने भए।
कोहि बिचारमा आए व्यबहारमा गए
कोहि शक्तिमा आए बिरक्तिमा गए
तिमी मेरो हिम्मत आँट बनिदेउन है?
शक्तिशाली माया प्रीती पनि हुने भए।
0 Comments