सिन्धुलीको दुधौलिमा एम्बुलेन्सले अटोलाई ठक्कर दिदा एकै परिवारका चारजना घाइते ।
दुधौलिबाट सुगारे जादै गरेको (स १ ह ३३७७ ) नम्बरको अटो तथा दुधौलिबाटै फेदी तर्फ बिरामी लिन जादै गरेको (प्रदेश ३ ०१-०२३ च ४७१५) नम्बरको एम्बुलेन्स तिनकुनेमा ठोक्किदा अटोमा सबार छ जना घाइते भएका छन ।
घाइते हुनेहरुमा सात नम्बर सुगारेका कल्पना खत्री ,निरज खत्री ,बिनिता खत्री ,समिक्षा अधिकारी ,बलबहादुर मगर,तथा अटो चालक अर्जुन केसि रहेका छन। घाइते भएका मध्य कल्पना खत्रीको टाउकोमा गम्भीर चोट लागेको छ भने समिक्षा अधिकारीको खुट्टा भाचिएको छ । त्यसैगरी बिनिता खत्रीको हातको पाता खुस्किएको छ । अटो चालक सुगारेका अर्जुन केसिको हातमा चोट लागेकोले दुइवटा टाका लागेको छ । निरज खत्री र बलबहादुर मगरलाई भने बाहिरि सामान्य चोटपटक लागेकोले बलबहादुर मगरलाई दुधौली अस्पतालले घर पठाइ दिएको छ भने बाकी घाइतेको उपचारका लागि धुलिखेल पठाइएकोमा बिरामीको आफन्तले काठमाडौं स्थित बि एन्ड बि अस्पताल लाने भनेकाले काठमाडौं पठाइएको छ।
0 Comments