Breaking News

6/recent/ticker-posts

Header Ads Widget

दोलखाका आशिष फुयाललाई रापिड चेसको उपाधि

श्रावण  १९, नुवाकोट। नुवाकोट जिल्लामा बुद्धिचाल संघको आयोजनामा भएको दुइ दिने रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि असार महिनामा सम्पन्न भएको राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसिपको विजेता आषिश फुयालले हात पारेका छन्। उनले फाइनल चरणको खेलमा काठमाडौका १४ बर्षिय खेलाडी पुरुषोत्तम सिलवालसंग बरबारी खेलेर अंक बाँडेका थिए भने छैटौं चरणको खेलमा भक्तपुरका जगन्नाथ ताम्रकारलाइ हराएका थिए।




छ खेलमा जित निकाल्न सफल भएका आशिषले साढे छ अंक सहित विजेता बन्न सफल भए। साथै उनले नगद १० हजार पुरस्कार पाए।

छ अंक जोडेर पुरुषोत्तम सिलवाल दोस्रो स्थानमा रहे। उनले छैटौं चरणको खेलमा ललितपुरका सुरज महर्जन माथी सफलता पाए। उनले ७ हजार नगद पुरस्कार पाए।



विदुर नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा संचालन भएको प्रतियोगिताको तेस्रो स्थानमा पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार रहे। उनले नगद ५ हजार पाउन सफल भए। नविलले सातौं चरणको खेलमा भक्तपुरका गणेशमान दुवाललाई निरास बनाएका थिए।



सुनसरीका मणीराज डाँगी चौथो र झापाका मिसन दाहाल पाँचौ स्थानमा रहे भने छैटौं देखि दशौसम्म भक्तपुरका जगन्नाथ ताम्राकार , गणेशमान दुवाल , ललितपुरका सरोज महर्जन , काठमाडौका राजेन्द्र बज्राचार्य र नुवाकोटका सुरज लामा रहेका छन्।









महिलातर्फको उपाधि काठमाडौंकी आरति छत्कुलीले जित्न सफल भइन । उनले ४ अंक जोडेका थिईन्। 


समान ४ अंक नै रहेका पुनम प्रसाईं टाइब्रेकरको आधारमा आरतिसंग पछि रहेर उपविजेता बन्न सफल भइन् । त्यसैगरी भेट्रानतर्फ राधेश्याम श्रेष्ठ उत्कृष्ट ठहरिए भने स्थानीयमा सक्सेस श्रेष्ठ प्रथम भए। अनरेटेडमा नविन बैद्य पहिलो रहे भने यु १९ मा संगम कटुवाल र यु १६ मा नविन चालिसे उत्कृष्ट भए।

नुवाकोट जिल्ला बुद्धिचाल संघका अध्यक्ष प्रकाश जोशीको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन समारोहमा विदुर नपा १ का वडा अध्यक्ष लेनिन श्रेष्ठ र नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले विजेता खेलाडीहरुलाइ पुरस्कार वितरण गरे। नुवाकोट जिल्लाका र आमन्त्रित गरि प्रतियोगितामा ५८ जना खेलाडीहरुको सहभागीता रहेको थियो ।

Post a Comment

0 Comments