भेट हुने चौतारीमा बरको शीतल छाया छैन
अभागीको पुर्पुरोमा आफन्तको माया छैन
ओठमा त होला हाँसो मनमा भने चैन छैन
तिम्रो रूप हेरी बांच्थें भित्तामा पो ऐना छैन।।
कस्तो अक्श कस्तो ऐना तिमी मात्रै हांस्न सक्ने
कस्तो साज कस्तो गीत तिमी एक्लै नाच्न सक्ने
रातमा आँसु दिनमा हांसो मनमा भने चैन छैन
तिम्रो रूप हेरी बांच्थें भित्तामा पो ऐना छैन।।
बादल छ आकाशभरी तर बांझै खेतबारी
कलकल गर्दै नदी बग्छ भेट्न गाह्रो वारीपारी
गुराँस फुल्दा पाखाभरी मनमा भने चैन छैन
तिम्रो रूप हेरी बाँच्थेँ भित्तामा पो ऐना छैन।।
0 Comments