काठमाडौं – धरानमा एक समुहले गोरु काटेर सामुहिक भोज गरेको विषयमा नेपाल सरकारका पूर्व सचिव तथा सामाजिक अभियान्ता भिम उपाध्यायले सामाजिक संजालमा आफ्नो धाराणा सार्वजनिक गरेपछि सामाजिक संजाल तात्तिएको छ । उपाध्यायले देश भित्र देशभित्र बस्नु छ भने देशको कानुन मान्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘दार्जिलिङ र पश्चिम बंगालमा गाई गोरूको मासु खान किन्न पाईन्छ। मासु खान मरिहत्ये गर्नेहरू उतै गएर धीतमरून्जेल दारे भयो। बिहार र युपीमा दारू प्रतिवन्ध हुदा नेपाल बोर्डर पार गरेर दारू घिच्न भारतीयहरू आई नेपालको बेपार बढाईदिन्थे। तर देशभित्र बस्नु छ भने त्यहॉको कानुन त पालन गर्नैपर्छ, पालन गराउनै पर्छ । कानुन पालन नगर्ने छुट कुनै देशमा पनि हुदैन ।”
केही समय अघि मन्दिर अगाडी चर्च बनाएको भन्दै उठेको विवाद सेलाउन नपाउँदै धरानमा अर्को विवाद सुरु भएको हो । जनजाति संस्कृति संरक्षणको पक्षमा लागेका अभियन्ताहरू बताउनेहरूले गोरुको मासु खाँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल गरेका छन् ।
यस विषयमा उपाध्यायले फेसबुकम लेख्दै कडा आलोचना गरेका छन्, ‘धर्म निरपेक्षताका नाममा नांगै हिड्न पाउनु पर्छ, अरूको मन्दिरमा गएर थुक्न मुत्न पाउनुपर्छ, १० वटी स्वास्नी लोग्ने राख्न पाउनुपर्छ, कानुनले अपराध किटान गरेको काम खुल्लम खुल्ला गर्न पाउनुपर्छ, सबै भन्दा टेसिलो मासु मान्छेको हुन्छ खान पाउनुपर्छ भनेर भन्यो भने के हुन्छ? कसले सिकायो? कुनै धर्मले यस्तो भनेको कतै छैन? गर्छु भन्ने?
राज्य भनेको कानुनले चल्ने हो कि कसैले हुल्लडबाजीले? कानुनमा जे छ त्यसको पालन गराउने काम सरकारको हो, कानुनमा छैन भने रोक्ने हैन। कानुनले रोकेको काम गर्नेलाई सजाय दिने काम अदालतको हो। समाजमा बाधा पर्छ भने कानुनी काम पनि रोकिन्छ। यसका लागि पनि कानुन सबै देशमा हुन्छ। कानुनलाई संसदले संसोधन गर्ने हो। कानुन जस्तो छ त्यसरी नै शासन गर्ने हो। अपराध भनेपछि अपराध हो।” उनले सामाजिक संजालमा लेखेका छन् ।
उपाध्यायले सबैलाई सामाजिक संजालमा सबैलाई ‘गाई गोरु मारी अपराध गर्न छुट छैन’ भन्दै ह्यास ट्यग गर्न समेत अपिल गरेका छन् । उनले भनेका छन्, ‘ऐनले प्रष्ट बर्जित गरेको गोरूको हत्या गरी सार्वजनिक भतेर गर्ने सबैलाई फौजदारी अभियोगमा मुद्दा चलाई १। पशु संरक्षण ऐन, २।अभद्र ब्यवहार ऐन र ३। फौजदारी अपराध संहिता ऐनबिरूद्ध कसुर गरेकोमा ३ वर्ष कैद सजाय गरियोस्।’
धरान ११ स्थित मङ्गलबारेमा मंगलबार भोज लगाइएको हो। आदिवासी जनजातिको अधिकारको पक्षमा काम गर्दै आएका संघसंस्थाका प्रतिनिधि तथा ख्रिष्टियन सोसाइटीका मानिसहरू सहभागी भई ‘गोरु पार्टी’ गरेका हुन्।
0 Comments