काठमाण्डाै – सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरी भू–उपयोग नियमावली पारित गरेको छ ।
आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली स्वीकृत गरेको र यसबाट जग्गाको कित्ताकाट खुला भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । नियमावली पारित भएसँगै रोकिएको कित्ताकाट, नामसारीलगायत सबै काम खुला भएको उहाँले बताउनुभयो ।
‘जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी अहिलेसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ’, उहाँले भन्नुभयो ।
जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उहाँको भनाइ छ ।
0 Comments