Breaking News

6/recent/ticker-posts

Header Ads Widget

रापिड बुद्धिचालमा चार खेलाडीको अग्रता

श्रावण १९, नुवाकोट, नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा शुक्रबार देखि सुरु भएको दुई दिने रापिड बुद्धिचाल प्रतियोगितामा चौथो चरणको खेल सप्पन्न भएका छन्।





चौथो चरणको खेल समाप्तिमा काठमाडौका पुरुषोत्तम सिलवाल, झापाका मिसन दाहाल , भक्तपुरका जगन्नाथ ताम्रकार र राष्ट्रिय एमेच्योरल विजेता दोलखाका आशिस फुयाल  ४ अकका साथ संयुक्तरूपमा अग्रता लिएका छन्। 

युवा खेलाडीहरुको वर्चस्व रहेको प्रतियोगितामा पुरुषोत्तमले  पुरुष एमेच्योर च्याम्पियन सुनसरीका मणिराज डाँगीलाई पराजित गरे भने अर्को खेलमा मिसनले भेट्रान खेलाडी ललितपुरका अशोक मोहन श्रेष्ठलाई निरास बनाए। त्यस्तै जगन्नाथले ललितपुरका सरोज महर्जन माथी जित निकालेका थिए भने आशिसले पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारलाइ पन्छाए।



विदुर नगरपालिका स्थित होटेल याँगरामा संचालन भइरहेको प्रतियोगितामा नविन तण्डुकार, सरोज महर्जन, मणिराज डाँगी, भक्तपुरका गणेशमान दुवाल, नुवाकोटका सुरज लोहनी, सुरज लामा काठमाडौका नरेश स्थापितले ३ अंक जोडेका छन्। 

महिलातर्फ काठमाडौमा आरति छत्कुलीले ३ अंक जोडेर शिर्ष स्थानमा रहेकि छिन् भने पुनम प्रसाईंको २ रहेको छ।

नुवाकोट जिल्ला बुद्धिचाल संघका अध्यक्ष प्रकाश जोशीको अध्यक्षता भएको प्रतियोगिताको उद्घाटन विदुर नगरपालिका वडा नं १ का अध्यक्ष लेनिन श्रेष्ठले गरे। 

आमन्त्रित र नुवाकोट जिल्लाका गरि ५८ जना खेलाडीहरुको सहभागी रहेेको प्रतियोगिता सम्पन्न गर्न वडा नं १ ले आर्थिक सहयोग गरेको छ।

Post a Comment

0 Comments