नुवाकोटमा आगामी साउन १९ गतेदेखि हुने खुल्ला र्यापिड बुद्धिचाल प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।
नुवाकोट बुद्धिचाल संघको आयोजना तथा विदुर नगरपालिका वडा नम्बर १ को मुख्य प्रायोजनमा प्रतियोगिता आगामी साउन १९ र २० गते संचालन हुन लागेको नुवाकोट बुद्धिचाल संघका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए । उनले प्रतियोगिताको तयारी तिव्र पारिएको बताए ।
दुई दिनसम्म सचालन हुने प्रतियोगिताको विजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ चौथो हुनेले ४ हजार रुपैयाँ पाँचौ हुनेले ३ हजार रुपैयाँ र छैठौँ देखि दर्शौ स्थान प्राप्त गर्नेले नगद २ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्राष्ट्रिय फिडे नियम अनुसार हुने भएकोले केही जिल्ला बाहिरको खेलाडीहरुलाई वाईल्ड कार्डमार्फत प्रतियोगितामा समावेश गराईने भएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन साउन १८ गतेभित्र नाम दर्ता गर्नुपर्ने छ । जिल्लाका खेलाडीलाई दर्ता शुल्क तीन सय र जिल्लाबाहिरको खेलाडी लागि एक हजार रुपैयाँ तोकिएको छ ।
यसैविच आयोजकले काठमाण्डौ उपत्यकाबाट प्रतियोगितामा सहभागि हुनेहरुको लागि त्रिशुलीसम्म आउनको लागि एकतर्फी यातायातको समेत व्यवस्था गरेको छ । साउन १८ गते सहभागीहरुको लागि साँझ ५ बजे माछापोखरीबाट वस छुट्ने बताइएको छ ।
0 Comments