Breaking News

6/recent/ticker-posts

Header Ads Widget

बुद्धिचाल खेलाडी कजाक्स्तान तर्फ

कजाक्स्तानको अकाटु सिटिमा यहि ३ देखि ८ अगस्ट सम्म हुने वर्ल्ड स्कुल टिम चेस च्याम्पियनसिपमा सहभागीताको लागि नेपाली बुद्धिचाल खेलाडीहरु शनिबार  त्यसतर्फ  प्रस्थान गरेका छन् ।  यु १२ तर्फ  नेपालको  प्रतिनिधित्व गर्दै त्रियोग  उच्च माविका खेलाडीहरु सम्पन्न  बज्राचार्य , विस्वस्त मरासिनी , परिधी खत्री र त्रिलोक बुर्लाकोटीले प्रतिस्पर्धा गर्नेछन् । 




वर्ल्ड स्कुल टिम च्याम्पियनसिपमा पहिलो पटक सहभागी जनाउन लागेको नेपाली टिमको टिम क्याप्टेनमा त्रियोग स्कुलकी शिक्षिका दिपा भट्टराई  रहेका छन् भने टिम व्यवस्थापकमा अभिभावक शगुना शाक्य रहेकि छिन्। 


अन्नपूर्ण उच्च माविको आयोजनामा असार महिनामा संचालन भएको नेशन स्कुल चेस च्याम्पियनसिपमा  टिम च्याम्पियन  हुन सफल त्रिगोग स्कुललाई नेपाल बुद्धिचाल महासंघले सहभागी गराउने निर्णय गरेको थियो । 


वर्ल्ड चेस फेड्रेशनले विश्वका  नेशनल स्कुल च्याम्पियन भएका ५० राष्ट्रहरुलाई सहभागी गराउने निर्णय गरेको थियो।  


सहभागी हुने खेलाडीहरु , अफिसयल र टिम क्याप्टेनलाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष बिदुर गौतम र कोषाध्यक्ष तारा बहादुर रानाभाटले प्रतियोगितामा सफलताको शुभकामना सहित बिदाइ गरे।

Post a Comment

0 Comments