Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छीमा भारतीय बस दुर्घटना, एकको मृत्यु १९ घाईते

गल्छी खबर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका वडा नं ७ स्थित गल्छिमोडमा भारतीय यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १९ जना यात्रु घाइते भएका छन् । 



काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको AR06E7031 नम्बरको बस आफै अनियन्त्रित भई काठमाडौं जादै गरेको ना ६ ख ४९४० नम्बरको कन्टेनर ट्रकलाई ठक्कर दिई दुर्घटना भएको हो । 


आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा  दुर्घटना हुँदा राजस्थान निवासी १२ वर्षीय कल्पना पारिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । 





डिएसपी जैसवारका अनुसार बसमा ३० जना यात्रु सवार रहेका थिए । दुर्घटनामा परी घाइते भएका १९ जनाको अवस्था सामान्य रहेको छ । सामान्य घाइतेहरुको गल्छिस्थित स्वास्थ्य कार्यालयमा उपचार भइरहेको उनले जानकारी दिए ।

Post a Comment

0 Comments