आध्यात्मिक र समाजसेवीव्यक्तित्व मुकुन्द काफ्लेको जीवनीमा आधारित ‘मुक्तिका मणि मुकुन्द’ पुस्तक लोकार्पण गरिएको छ । स्व. मुकुन्द काफ्ले वार्षिक पुण्य तीथीका दिन काभ्रेस्थित नमोबुद्ध नगरपालिका वडा नं ४, मुक्ति निवासमा उक्त पुस्तक लोकार्पण गरिएको हो ।
पुस्तकमा स्व.काफ्लेको जीवनी र अध्यात्मकर्ममा रहँदाको लोमो इतिहास एकसाथ
प्रस्तुत गरिएको छ । आजीवन भक्ति मार्गमा आफू रहेर अरुलाई प्ररणादायी अभियानमा
सँगसँगै डोर्याउने स्व.काफ्लेले आफैले लेखेको आत्मकथा समेत पुस्तकमा समेटिएको छ ।
स्व. काफ्लेका सुपुत्र उमेश काफ्लेको डिजाइन, लेआउट र सम्पादनमा प्रकाशित पुस्तकमा मुकुन्द काफ्लेसँग अति
निकट सम्बन्ध भएका व्यक्तिहरुको अन्तस्करणको अभिव्यक्तिलाई पनि स्थान दिइएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला, नमोबुद्ध नगरपालिका, अमरनिवास क्षेत्रका अग्रज व्यक्तित्वद्वय पं. मुक्तिनाथ
काफ्ले र पं. चन्द्रमणी सिग्देलका अनुयायी स्व. काफ्लेले वैदिक परम्पराका कर्मयागी
साधक र कुशल सङ्गीतज्ञका रुपमा समेत प्रसिद्धि पाएका थिए ।
पुस्तकमार्फत स्व. काफ्लेलाई नियाल्दा धेरै सकारात्मक उर्जा प्राप्त गर्न
सकिने देखिन्छ । पुस्तकमा उहाँको सत्कर्म र सुमार्गको कार्य सवैका लागि
प्रेरणादायी हुने नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामाले अभिव्यक्ति
दिएकाछन् । परम्परागत विश्वासलाई आधुनिक संसारको मान्यता अनुसार रुपान्तरण गर्दै
समय सापेक्ष चल्न सक्ने क्षमता र व्यक्तित्व मुकुन्दसँग रहेको पं. अजित प्रसाद
गौतमले व्यक्त गरेकाछन् ।
पुस्तकमा मुकुन्द काफ्लेको जीवनीसँग साक्षात्कार हुने गरी ४१ जना विभिन्न व्यक्तित्वहरुको संस्मरण लेखहरु प्रस्तुत गरिएको छ । ती संस्मरणहरुमा स्व. काफ्लेसँग बितेका कतिपय घटनाक्रम, इतिहास, परोक्ष कुराकानी र सहभागिताका विषयहरुले महत्व पाएको देखिन्छ ।
1 Comments
अनुकरणीय जीवन ब्यतित गर्नुभएका मुकुन्द प्रसाद काफ्ले यस पुस्तकमार्फत अनन्तकालसम्म अमर रहनुहुने छ । धन्यवाद संकलक,सम्पादक, लेखक सम्पूर्णमा ।।
ReplyDelete