Breaking News

6/recent/ticker-posts

Header Ads Widget

यौन सम्पर्क मानसिक स्थिति सामान्य राख्न निकै महत्व, मनोसामाजिक विमर्शकर्ता दिनेश बुढाथोकी

Pic source :- google

गल्छी खबर, जेठ ६ ।  पारिवारिक जीवनशैलीमा ब्यस्त हुँदा कतिपय अवस्थामा यौन सम्पर्क खासै महत्वको विषय नठानिएतापनि मानसिक स्थिति सामान्य बनाइराख्न यस्को निकै महत्व रहेको हुन्छ । ‘लामो समय श्रीमान विदेश जाँदा वा टाढा रहँदा परिवारमा ब्यवस्थित रहेको यौन स्वास्थ्यमा अभाव हुन जान्छ। त्यसरी उत्पन्न भएको समस्या ब्यवस्थापन गर्ने क्रममा नै महिला वा पुरुष विकल्पको सहारा लिन्छन् ।’ यो घटना महिला र पुरुष दुबै पक्षमा एकै किसिमको छ ।

नेपालमा करिब ४० प्रतिशत भन्दा बढि मानिसहरुमा यौन उत्सुक्ता र चासो हिस्टेरियाकै रुपमा देखा परेको र ‘लामो समय सम्म यौन चाहना पूरा गर्न नपाउँदा मानसिक असन्तुलनको स्थिति उत्पन्न भएको पाइन्छ।’ ‘मानसिकतामा आवेज्ञात्मक सोंच उत्पन्न हुन्छ। त्यही सोंचले मानिसलाई अघि पछिको विचारबाट बन्चित गरेर घटना गर्न प्रेरित गर्छ । यसरी लामो समय श्रीमान वा श्रीमती बाहिर बस्दा, एकअर्कामा दुबै तर्फ ‘डिप्रिभमेन्ट सेक्सुअल रिलेसन फिजेट्रिक इलनेस’ हुने गर्दछ। ‘यस्तो स्थितिमा पर्याप्त ब्यायाम र मानसिक साधनाबाट मात्र शरीरिक र मानसिक नियन्त्रण सम्भव छ ।’

धेरै उत्सुक हुनु, बेहोस हुनु, एकान्तमा बस्नु, सामाजिक सञ्जालमा बढि रुचि देखाउनु प्रारम्भिक लक्षण हो। पारिवारिक झैझगडा, यौन असन्तुष्टि, श्रीमानको कमजोरी, यौन स्वास्थ्यको अज्ञानता यसको मुख्य कारण हुने गर्दछ । यसमा अनुसन्धान गर्दा विभिन्न फरक फरक तथ्यहरु पनि देखा पर्छन्। ‘एक्लो महिलाको विषयमा ज्ञान भएको ब्यक्तिले त्यस्तो अवस्थामा नजिक हुन खोज्छ ।’ कतिपय अवस्थामा महिला एक्लै रहेको स्थितिमा सहारा खोज्नु स्वाभाविक हो, सोही परिस्थितिको फाइदा लिनेहरुले सामाजिक समस्याकै रुपमा घटनाहरु उत्पन्न भएको पाईन्छ ।

कतिपय अवस्थामा दिनहुँ एकै किसिमको र एकै ब्यक्ति संगको यौन सम्पर्कले इच्छा अनुसार सन्तुष्टि दिन नसक्दा पनि परिवारमा मतभिन्नता बढ्ने गरेको पाइन्छ। यसमा यौन स्वास्थ्य, सम्पर्क र सम्भोगका उचित तरीका, माध्यम र अनुशासन बुझ्न नसक्नेहरुबाट सामाजिक विचलन स्वाभाविक भएको पाईन्छ।

महिला र पुरुष दुबैले एकअर्कालाई समान र सुमधुर ब्यवहार गरेर विश्वसनीय वातावरण कायम राख्नु नै उत्तम उपचार हो। त्यसका लागि श्रीमान श्रीमती जहाँ भएपनि समय समयमा नजिक हुनु जरुरी रहेको छ ।


सेक्स कतिबेला र कतिपटक गर्ने ?

सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ ।

एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ ।

एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो ।

स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ ।


यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ । सेक्स गर्ननाले मोटोपन घटाउन सहयोग गर्दछ।

अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा. डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा. डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ ।


सेक्स कतिपटक गर्ने ?

सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ ।

त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । बिहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।


बिहानको सेक्समा कसरी मजा लिने ?

बिहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने बिहानमै सेक्स गर्दा राम्रो ।

बिहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।


रातिमा सेक्स किन नगर्ने ?

बिहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।

३ देखि १३ मिनेटको सेक्स पर्याप्त

घण्टौंसम्मको सेक्सभन्दा ३ देखि १३ मिनेटको सेक्समै अधिकतम सन्तुष्टि मिल्ने अनुसन्धानबाट पुष्टि भएको छ । अमेरिकास्थित पेन स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले आफ्नो अनुसन्धानबाट उक्त कुरा पुष्टि गरेका हुन् ।

शोधकर्ता एरिक कोर्टीले भनेका छन्– ‘आजकलका स्त्री–पुरुष पूरै रात सेक्स गरेर बिताउने कल्पना गर्छन् तर यो असम्भव कुरा हो ।’ उनको शोधमा सामेल स्त्री–पुरुषले आधा घण्टाभन्दा बढी नै समय सेक्स गर्न चाहने गरेको पाइयो । तर यसले निराशा र असन्तुष्टि पैदा गर्ने शोधकर्ता कोर्टी बताउँछन् ।


Post a Comment

0 Comments