Breaking News

6/recent/ticker-posts

Header Ads Widget

फूलको मर्म । बिष्णु थापा (बिछोड)

Pic:- Bishnu Thapa Fb wall


गल्छी खबर, जेठ २

फूलको मर्म । बिष्णु थापा (बिछोड)

अर्कैको हातको रातो गुलाफ पाएर 

आज रातै बनेकी तिमिले 

सफा सेतो कमललाई लत्यायौ  


रातोलाई  क्रान्ति

सेतोलाई शान्तिको प्रतिक भन्दै

रातो रङ्ग मन नपराउने तिमिले 

द्वन्द्वको आगो झोसेर निर्दोष मानसपटलमा 

युद्धको विउ रोप्यौ फूलैको संसारमा 

कदापि माफ गर्ने छैन तिमीलाई  


त्यो अर्कैले--

फूलका पत्र चुड्दै च्यात्दै  फालेको देख्नुभन्दा पहिले 

रङ्गलाई बेरङ्गको पार्नुभन्दा पहिले 

मेरो आँखाबाट ओझेल भैदिनु चाँडै 


मेरो सुन्दर बगैंचामा तिमी पत्कर भैदिएपछि

हावाको वेगसँगै अब छिट्टै अलप भएर जाऊ 

यादराख....तिमि ! नफर्कनु मेरो मनकोबाटो


सक्दिन म सहजै  सहन तिरस्कार र उपेक्षा 

मनैदेखि मेरो नमानेपछि मैले 

सकियो त !सबै 

अब आइन्दा !

कोमल भावनामा खेलवाड गरेर 

प्रेमको बगैंचामा हिलो छ्याप्ने चेष्टा नगर्नु ...


x

Post a Comment

0 Comments