Breaking News

6/recent/ticker-posts

Header Ads Widget

कृषि-पर्यटन :- डा. बिपी बडाल

Photo source :- facebook.


गल्छी खबर चैत्र २१।  खेती किसानी गरेर कहिले उभो लाग्न सकिएन ! नेपाल अझै पनि कृषिप्रधान देश हो । नेपाल सधैं कृषिप्रधान नै रहनुपर्छ । कृषि मुलस्च जीवन - अर्थात जिवनको मुल आधार नै कृषि हो । कृषि विना जीवन सम्भब नै छैन । तर कृषकको जीवन किन सधैं दुःखद् ? कृषकको जिवनस्तर किन माथी उठ्न सकेन ? यसका धेरै कारण होलान् तर मुख्य कारण कृषि मन्त्रालयले आफ्नो कामको जवाफदेहीता र जिम्मेवारी नै महसुस नगरेको हो । बैज्ञानिक, ब्यबहारिक, ब्यावसायीक, र पर्यटकीय कृषि आजको आवस्यकता हो । हरेक पंचबर्ष योजनामा कृषिलाई अन्य मन्त्रालय भन्दा राम्रो बजेट ब्यवस्थापन गरिएको छ तर पनि परिणाम अपेक्षित छैन ।

जनताको लागि समयमै मलखाद समेत उपलब्ध गराउन सकेको छैन । किन ? त्यसैले कृषिमा सुशासनको ग्यारेन्टी हुनुपर्छ ।  अर्कोतिर कृषि पढेका विद्यार्थी कति प्रतिशत कृषि कर्ममा छन अनुसन्धान गरेर सबै विद्यार्थीलाई कृषि विकासमा प्रत्यक्ष रुपमा अनुबन्धित गराउनु अनिवार्य छ । कृषिको उत्पादनले राम्रो आर्थिक समुन्नतिको ग्यारेन्टी गर्नु पर्छ । एभोकाडो, किवि, ड्रागन फ्रुट जस्ता उत्पादनको बजारको ग्यारेन्टी हुनुपर्छ । त्यस्तै  विषालु कृषि उत्पादन आयातमा प्रतिवन्ध लगाउन सक्नुपर्छ । सरकारमा इमानदारीता जरुरी छ । आफ्नो जनतालाई बिष खुवाउन मिल्दैन भन्ने कुरा बुझ्न र बुझाउनुपर्छ । नेपाल भारतीय दवाव मुक्त देश बनाउनेतर्फ गम्भीर हुनुपर्छ । पर्यटन मित्रतामा हुन्छ दवावमा हुंदैन । सरकारले जति मित्र माने पनि बिषालु तर्कारी खुवाउने छिमेकी लाई अतिथि मान्न सकिन्न ।  पर्यटनको विकास जनस्तरको प्रेम र आतिथ्यतामा हुन्छ । त्यसैले 

१. नेपालका सबै कृषि मन्त्रालयका योजनाहरुमा अनिवार्य रुपमा पर्यटनमैत्री विशेषता समायोजन गर्ने अर्थात सबैले हेर्न सिक्न अनुसरण गर्न मिल्ने गज्जबका कृषि योजना निर्माण गर्ने अथवा गर्न लगाउने ।

२. नेपाल भारत कृषिपर्यटनमैत्री अर्ग्यानिक तराई योजना निर्माण गर्ने ।

३. मेचीमहाकाली स्थानीय जलमार्ग ( स्थानीय वडा कार्यालयले स्थानीय सीप र पुंजी) निर्माण गर्ने, सम्पुर्ण तराई तथा उत्तर भारत सिंचाइ गर्ने, बाडी नियन्त्रण गर्ने, सामुहिक जलमार्ग र मत्स्य पालन गर्ने, र बिश्वका पर्यटक आकर्षण केन्द्र निर्माण गर्ने ।

३. कृषि उत्पादनमा भारतसङ्ग प्रतिस्पर्धा गर्न सकिन्न त्यसैले नेपाललाई  विश्वलाई देखाउन मिल्ने "विश्व अर्ग्यानिक नेपाल" निर्माणको घोषणा गर्ने । 

४. "किसान होमस्टे" दर्तावाल किसानलाई होमस्टे निर्माण गर्न  आर्थिक सहयोग गर्ने 

५. हरेक पालिकामा पर्यटन स्तरीय कृषिबगैचा (पार्क) निर्माण गर्न सहयोग गर्ने ।

जस्ता बिषय बस्तु राम्रा र उपलब्धिमुलक हुन्छन्  । अब कृषिको रुपान्तरणको लागि कृषिमा अनिवार्य रूपमा पर्यटन जोडीनु नै पर्छ । प्रत्येक किसानको घर घरमा होम्स्टे स्थापना गर्नु पर्छ । चाइनिज तथा इन्डियन जनताको भब्य बिदा मनाउने गन्तव्य नेपाल हुनुपर्छ । १,१ प्रतिशत जनता नेपाल आए भने हामीलाई पुग्छ । अकल्पनीय आर्थिक वृद्धि हुन्छ । त्यसैले कृषिमा पर्यटन जोडिनै पर्छ । कृषकको घरमै पर्यटक आएर कृषि उत्पादन खपत हुनुपर्छ । बजार घरमै आउनु पर्छ । कृषि पर्यटनबाट यो सम्भव छ । जुम्ला तथा मुस्ताङको स्याउ अथवा अन्य कृषि उत्पादन  उतै खपत हुनुपर्छ । सम्भावना छ । जय कृषि !!

Post a Comment

0 Comments