गल्छी खबर, बैशाख १०।
कविता: सजिलो छैन बिर्षन तिमीलाई !
लेखक मणि भट्टराई
गणितका सूत्रहरू बिर्से जस्तो
सजिलो छैन
बिर्सन तिमीलाई ।
गणितका सूत्रहरू बिर्से जस्तो
सजिलो छैन
बिर्सन तिमीलाई ।
बरू बिर्सन सजिलो छ
आफ्नै जीवनको बाटो
अहँ !बिल्कूल सजिलो छैन बिर्सन
हामी छुटेको दोबाटो !
सायद बिर्सूँला एकदिन
तिम्रो अनुहार
तिम्रो आवाज
तिम्रो ईसारा
तर सम्झना भैरहने छ अझ पनि
तिम्रो अनुपस्थिति !
गीतका शब्दहरू बिर्सेजस्तो
सजिलो छैन
बिर्सन तिमीलाई ।
तिम्रो लय
मेरो पनि लय बनेदेखि
सायद तिमीले बरु बिर्स्यौ होला
शब्दहरू चुपचाप सुनिरहन्थे
हाम्रो गीत !
आफूलाई नै बिर्से जस्तो
सजिलो छैन
बिर्सन तिमीलाई ।
गतिहीन म
कसरी बिर्सूं
मैलाई कुल्चेर गइरहेको
तिम्रो पदचाप !
0 Comments