Breaking News

6/recent/ticker-posts

Header Ads Widget

हिन्दु को हो ? बिपी बडाल

 

Pic:- google source 

गल्छी खबर, बैशाख १६।

हिन्दु को हो ?

हिन्दु शब्द वेद, उपनिषद, पुराण, भगवद्गीतामा कतै उल्लेख गरिएको छैन । सामान्य अर्थमा हिन्दु शब्दले भूगोलको अथवा यो भूगोलका जनता भन्ने जनाउंदछ । हिन्दु:

१. सिन्धु नदी भन्दा पुर्व तिर बसोबास गर्ने भनेर अरवी भाषामा उल्लेख गरिएको छ ।

२. हिमालयको दूध जस्तो जलले सिंचित क्षेत्रमा बसोबास गर्ने ब्यक्ति हिम्धुत - हिन्दु हुन भनेर योगी नरहरि नाथले भन्नुभएको छ ।

३. हिमालय देखि सागर सम्म्को भूगोल नै हिन्दुस्थान हो भनेर सद्गुरुले भन्नुभएको छ । 

त्यसैले यस्तो भूगोलको  आधारमा पनि  यस क्षेत्रमा रहेका क्रिश्चियन, मुस्लिम, किरांत, जैन, बुद्धिस्ट सबै हिन्दू हुन । अर्कोतिर जस्को जन्म हुन्छ, जो बढ्छ ठुलो हुन्छ, र जो मर्छ नि त्यो नै सनातनी हो । जन्म तथा सृजना ब्रम्हाको, वृद्धि विकास बिष्णुको र सम्हार शिवको जिम्मेवारी हो । सृष्टि (Generation) स्थिति (Operation), प्रलय( Destruction) नै GOD हो । ब्र्ह्मा बिष्णु र शिवको एकीकृत प्राकृतिक प्रतिनिधित्व नै भगवान हो । खासमा यो प्रकृति नै भगवान हो । यो प्रकृति नै सत्य हो । यो सत्य नै सनातन धर्म हो । यो सत्य वेदमा लेखियो । यो सत्य नेपालमा लेखियो । यो सत्य सनातन परम्परालाई नै ११औं शताब्दी तिर मुगल शासकहरुले हिन्दु धर्म नामाकरण गरिदिए । हिन्दु धर्मको आधार पत्र (बाइबल) नै वेद हो । बेद नै नेपालमा लेखिएको हो ।  त्यसैले हामी सनातनी प्रकृति पुजक हौं । विश्वको पहिलो सभ्यता हौं । हिन्दू धर्म हाम्रो हो । वेद सत्य हो । जे सत्य हो त्यो नै वेद हो सत्य नै ज्ञान् हो । त्यसैले सत्य नै हाम्रो धर्म हो । सगरमाथाको जलले सिन्चित यो पृथ्वी, तथा  सत्य धर्ममा चल्ने यो ब्रह्माण्ड नै सनातन हिन्दु हो ।

अस्तु !

Post a Comment

0 Comments