- (अमृत कुमार श्रेष्ठ )
म चड्ने भनेकाे धरहरा.....
तिमीले टुक्रा-टुक्रा पारिदियाै
म हेर्ने भनेकाे वसन्तपुर ....
तिमीले कुरूप बनाइदियाै
म सुन्ने भनेकाे गीत ......
तिमीले चीत्कार मिसाइदियाै
म हिड्ने भनेकाे बाटाे ......
तिमीले क्षय गराइदियाै
तिमी त आयाै ......
सँगसँगै कति आशा लिएर गयाै
हेर!ती निर्दाेषहरू......
जसले धर्तीमा पहिलाे पाइला टेक्न पाएनन्
जसले धर्ती नै देख्न पाएनन्
जसले मेहेनत गरे......
तर आफ्नाे भविष्य लेख्न पाएनन्
ऐया!! त भने हाेलान् पक्कै......
आफ्नाे मृत्युलाई छेक्न पाएनन्
तिमीले नचायाै .....
तर गीत विरहकाे गुन्जियाे
कहाँ कहाँ पानीका मुल फुटे
कहाँ कहाँ आशुका मुल फुटे
आँखै अगाडि तिमीले .......
ठुल्-ठुलाका घमण्ड भाँचिदियाै
तिमीले सिकायाै जग बलियो बनाउनुपर्छ भनेर
तर भनेनाै म यही दिन आउँछु भनेर
काेहि हर्षित हुँदै खाना खाइरहेथेँ
काेहि हर्षित हुँदै गाना गाइरहेथेँ
तिमीले हर्षलाई ............
भत्किएकाे संरचनामा
दबिएकाे लास भन्दा मुनि दबाईदियाै
तिम्राे पराकम्प पछि .....
त्रासकाे पराकम्पले छाेयाे ....
अझै पनि .....
आयाे आयाे भन्दै आत्तिएका कत्ति हाेलान्
मैरे आँखा अगाडि .......
तिमी अझै घुमिरा"छाै
मेरै मनसपटलमा .........
तिमी अझै बसिरा"छाै
सम्झनामा तिम्ले धेरैलाई झस्कायाै
पुराना घाउ पटक काेट्याउन खाेजिरह्याै
तिमी आयाै/ गयाै ........एकपटक नचाएर
यहाँ सधैंभरि नचाउने जिन्दगी रहेछ !!
0 Comments