Breaking News

6/recent/ticker-posts

Header Ads Widget

अटिजम भनेको के हो? मनोसामाजिक विमर्शकर्ता दिनेश बुढाथोकी

photo source:- Facebook


 गल्छी खबर,चैत्र २१। मनोसामाजिक विमर्शकर्ता दिनेश बुढाथोकी

अटिजम भनेको के हो?

अटिजम स्नायू र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने अपांगता हो । यो जन्मजात हुने नशा र तन्तुको विकासको क्रममा आएको असमानताको रुप हो । अटिजमलाई हामी “न्यूरो डेभलप्मेन्ट डिसअर्डर” भनेर पनि चिन्दछौं ।


अटिजम भन्नाले बालबालिकामा लाग्ने कुनै प्रकारको रोग होइन । यो एउटा मस्तिष्कको विशेष अवस्था मात्र हो । यो एक किसिमको जन्मजात विशेष अवस्था हो । अटिजमलाई रोग भन्नु भनेको अटिजमप्रतिको गलत बुझाई हो । 

अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप, र सिकाइको क्षमता कम हुन्छ । संक्षेपमा भन्नुपर्दा, अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो भन्ने बुझ्नुपर्छ । 


पछिल्लो १० वर्षको अवधि हेर्ने हो भने नेपालमा अटिजम हुनेको संख्या अत्यधिक बढेको छ। नेपालको सन्दर्भमा हामीसँग यकिन डाटा छैन। तर विश्व स्वास्थ्य संगठनका अनुसार हरेक सय बच्चामा एक जनालाई अटिजम हुने गरेको छ। अमेरिकाको डाटा धेरै भयावह छ। त्यहाँ हरेक ४४ बच्चामा १ जनालाई अटिजम हुन्छ।

Photo source:- Facebook


अटिजम हुनुको कारण के हो ?  

यस विषयमा भए गरेका विभिन्न अध्ययन अनुसन्धानले यसको ठोस कारण यही हो भनेर किटान गर्न सकेको छैन । अटिजमलाई मुलतः वंशाणुगत गुणको प्रभाव हो भन्ने गरिन्छ । यसका आन्तरिक र अन्य कारणहरुमा दम्पत्तीले ३५ वर्ष भन्दा माथिको उमेरमा बच्चा जन्माएमा, २६ हप्ता भन्दा कम समयमा बच्चा जन्मिएमा, कम तौल भएका बच्चा जन्मिएमा, नवजात अवस्थाको बच्चामा विभिन्न प्रकारका रोगको सङ्क्रमण भएमा, एउटा बच्चा र अर्को बच्चाको जन्मान्तर कम भएमा पनि बच्चामा अटिजम हुनसक्छ । 


अटिजमको सामान्य लक्षणहरु के–के हुन् ?  

१) एक्लै खेल्न मन पराउने

२) आँखा जुधाउन नसक्नु 

३) अस्वभाविक रुपमा हाँस्ने वा कराउने,

४) उमेर अनुसार बोली नफुट्ने, 

५) आफू समान उमेरसमूहका साथीहरूसँग घुलमिल हुन मन नपराउने 

६) घाउचोट लाग्दा दुखाई महशुस नहुनु,.

७) सामान्य दुखाई हुँदा चिच्याएर रुने कराउने गर्नु 

८)साङ्केतिक भाषाको प्रयोग गर्न नसक्नु 

९)उमेर अनुसार बौद्धिक क्षमता उत्कृष्ट नहुनु 

१०) ठूलो आवाज सुन्दा कान थुन्ने 

११) झर्को लागेको जस्तो व्यवहार देखाउने 

१२)एउटै मात्र खेलौना खेलिरहनु 

१३ सामान्य शिक्षण विधिबाट पठनपाठन गर्न नसक्नु  

अटिजम भएका व्यक्तिमा देखिने तीन मुख्ख समस्या :

१.सञ्चार गर्न गाह्रो

२.सामाजिकीकरण हुन नसक्नु

३.सोचाईमा लचकता


यस्तो अवस्थामा अटिजमको शंका गर्न सकिन्छ ?

१)यदि बच्चा कसैसंग बोल्दैन भने

२)बच्चाले बोलाउदा हेर्दैन भने

३)बच्चा अरुसग खेल्दैन भने


उपचार के त ?

यो रोगको उपचार भनेको थेरापी नै हो । समयमै रोग पहिचान गरी प्रारम्भिक हस्तक्षेप नै सबैभन्दा महत्वपूर्ण थेरापी हो । अटिजम भएका बालबालिकालाई सञ्चार गर्न सामाजिक व्यवहार गर्न ,। विभिन्न थेरापी र खेलका माध्यममार्फत सिकाउन सकिन्छ ।

बालबालिकाको पहिलो गुरु नै अभिभावक हुन । अभिभावकले सबैभन्दा बढी समय उनीहरुसँग बिताउने अवसर पाउँछन् । त्यसैले सर्वप्रथम अभिभावकले नै तालिम लिनु आवश्यक हुन्छ । उहाँहरुले नै बालबालिकालाई घरका विभिन्न परिस्थितीमा, वातावरण सुहाउँदा खेल खेल्दै थेरापीदिँदा सबैभन्दा लाभदायक हुन्छ ।

यो आजिवन रहने अपांगता हो । अटिजम भएकाहरु बौद्धिक रुपमा ठीक भएपनि यसको मूल समस्याका कारण आत्मनिर्भर भने हुन सक्दैनन् । त्यसैले अभिभावकहरुले मात्र उनीहरुको ख्याल राख्न कठिन हुन्छ । त्यसैले नेपालमा पनि उनीहरुको राम्रोसँग पालन पोषण गर्ने वातावरण हुनु जरुरी छ ।


Post a Comment

0 Comments