गल्छी खबर चैत्र १९। समाजवादी कस्तो हुनुपर्छ ? डा. बिपी बडाल।
Photo source:-Facebook page |
समाजवाद भनेको देश तथा समाजले खोजेको प्रगतिशील शासन पद्धति हो । हाल देशले खोजेको, देशमा नभै नहुने, अर्थात गर्नै पर्ने कार्य भनेको सुशासनको प्रत्याभूति र आर्थिक विकास हो । रास्वपा ले यो कुरा बुझ्यो । त्यस्कोलागी उस्ले
१. सुशासनमा - रमेश खरेल
२. आर्थिक विकासमा - स्वर्णिम वाग्ले
जस्ता राम्रा सफल ब्यक्ति भित्र्याउन सफल भयो । तर हाम्रा पुराना राजनैतिक दलमा यस्ता ब्यक्तिलाई स्थान दिनु पर्छ भन्ने चेतनाले किन काम नै गर्न सकेन ? सहि ब्यक्ति सहि स्थानमा हुनुपर्छ भन्ने सामान्य सिद्धान्त पनि लागु गराउन नसक्नुको कारण के हो ? लोकतन्त्रमा यो निक्कै घातक हुन्छ । प्रजातान्त्रिक विचार रास्वपाले अङ्गिकार गर्न खोजेको देखिन्छ । यद्यपि सिद्धान्त स्पष्ट आइसकेको देखिंदैन । अर्कोतिर अझैसम्म पनि नेपालमा समाजवादी विचारधारा बोकेको पार्टीले सबै समाजवादीहरुलाई एकीकृत गर्न सकेको छैन । राजनीतिमा जनआशा जगाउन सकेको छैन । सपना देखाउन सकेको छैन । नयाँ सोच दिन सकेको छैन । सपना र आशाको सृजना नभै विश्वास हुंदैन । विश्वस नभई भोट खस्दैन । विश्वको अबको बाटो नै समाजवाद हो । प्रगतिशील जनवाद नै अवको मुख्य मार्ग हो यद्यपि यो मार्गमा सबैलाई स्वागत गर्ने सकारात्मक परिपाटीको विकास हुन सकेन ।
राप्रपा र काङ्ग्रेस बोकेर आर्थिक विकास र सुशासन हुन्छ भन्ने मान्यता नै समाजवादीहरुको भ्रम हो । प्रगतिशील समाजवादीको लक्ष्य समाजको प्रगति हो ब्यक्ति वा पार्टीको होइन । यो ब्यवस्थामा सत्ताबाट जनता सम्म पुग्नै सकिंदैन । समाजवादी सत्तामा होइन जनतामा पुग्नुपर्छ । सत्तामा पुग्ने दल स्वतन्त्र रुपले फेरि सत्तामा पुग्न सक्दैनन् ।
"समाजवादीहरु पक्का समाजवादी हुनुपर्छ । विश्वस्निय हुनुपर्छ । देखाएर प्रमाणित गर्नु पर्छ । कसैको विरोध गर्ने, नराम्रो कमेन्ट गर्ने, ओठे जवाफ दिने, जस्ता नकारात्मक विचार बन्द गर्नु पर्छ । "
सुशासन र विकासका लागि विश्वका समाजवादी एक हुनुपर्छ । गरिबी निवारणका लागि कार्यकर्ता खट्नु पर्छ । चिनियाँ तथा भारतीय नागरिकहरुको भब्य पर्यटकीय गन्तव्य नेपाल बनाउन आवहान गर्नुपर्छ । भ्रष्टाचारी र बलात्कारीलाई मृत्युदण्ड सरह आजिवन कैदको माग गर्दै सडक, सत्ता, र जनता सबैमा पुग्नुपर्छ । राजनीतिमा क्रान्तिकारी परिवर्तन ल्याउनु पर्छ । विकासको आंधिबेरीको सृजना गर्नुपर्छ ।
0 Comments