Breaking News

6/recent/ticker-posts

Header Ads Widget

विकृत समाजको चित्र - फुलमया



गल्छी खबर बैशाख ६।
विकृत समाजको चित्र - फुलमया 
डा. बिपी बडाल ।

एकल स्वतन्त्र महिलावाद नै हाम्रो समाजको विकृतिको कारण हो । पुरुष भन्दा महिलाले राम्रो काम गर्न सक्छन् । तर त्यो काम समाज, शक्ति  र शरीर अनुरुप हुनुपर्छ । आधुनिक मनोरञ्जन उद्योगमा ब्यापार हुन्छ । ब्यापार बढाउनु पर्छ । आम्दानी बढाउन पर्छ । काम गर्नु पर्छ । ब्यापारमा  भावनाको कुनै मुल्य हुंदैन । पुंजिवादी ब्यापारमा कम्जोर ब्यक्ति शोषित हुन्छ । बलियो ब्यक्तिले शोषण गर्छ । पुंजी, शरीर र शक्ति कति बलियो छ त्यसैमा भर पर्छ । जो एकल छ,  उ यो समाजमा कमजोर नै हुन्छ । जो सङ्ग परिवार छ, माया छ, समाज छ भने  उ बलियो हुन्छ । उसलाई कसैले शोषण गर्न सक्दैन ।

हाम्रो समाजमा श्रीमान र श्रीमती मिलेर नै एक रथ तयार हुन्छ । त्यो रथबाट नै जिवनको लक्ष्य(धर्म, अर्थ, काम, मोक्ष्री) प्राप्ति हुन्छ र हुनुपर्छ । एकल अपुर्ण हुन्छ । एउटा पाङ्रो कता गुड्नु ? एकल कम्जोर हुन्छ भौतिक संसारमा लड्न सक्दैन । उसको लागि अध्यात्मिक संसारको भक्ति मार्ग छ । जिवनमा धर्म पनि गर्नु पर्छ , पैसा कमाउनु पर्छ, पद र पुरुशार्थ पनि कमाउनु पर्छ, इज्जत मान मर्यादा पनि चाहिन्छ । मोक्ष्य पनि हुनुपर्छ । यसैले सफल जीवन जिउन सक्षम रथ अनिवार्य हुन्छ । हाम्रो समाजले घरमा खान नपाउने, पारिवारिक माया प्रेम ममता नपाउने, होटेलमा खाना र माया किन्नुपर्ने समाजको परिकल्पना नै गरेको छैन । 

आफ्नो जीवन रूपी रथ सुन्दर बनाउने हो । झुम्का पाउजु सबै चिज किन्ने हो । सम्मस्या नै आफ्नो रथको व्यवस्थापन आफुले गर्न नसक्नु हो । आफ्नो माया प्रेम चिन्न नसक्नु हो । भौतिक लोभ लालचमा आफ्नो जीवन बरबाद पार्नु हो । आफ्नो जिवनको लक्ष्य थाहा नपाउनु हो । धर्म अर्थ काम मोक्ष्यको अर्थ अथवा ज्ञान नहुनु हो । महिला अधिकारको नाममा एकल ब्यक्तिवादी महिलावाद्को प्रभाव पर्नु नै हो । कोहि एकल महिला वा  कोहि एकल पुरुष हुंदैन । महिला भित्र पुरुष हुन्छ र पुरुष भित्र महिला हुन्छ । केवल शरीर फरक हुन्छ तर लक्ष्य दम्पतीको एउटै हुन्छ र हुनुपर्छ । जस्ले जे सक्छ त्यही कर्म गर्नु पर्छ । तु तु मे मे गर्नु हुंदैन ! प्रेम गर्नु पर्छ । एक अर्कालाई पुरा सहयोग गर्नु पर्छ ।  त्यसैले प्रकाश् सपूत जिको "फुलमया" पस्चिमी उच्शृखलताको प्रभावले विकृत समाजको चित्र हो ।

Post a Comment

0 Comments