गल्छी खबर, वैशाख ४। बागेश्वरी माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । यस वर्षदेखि विद्यालयले अंग्रेजी माध्यमबाट शिक्षा दिन थालेपछि विद्यार्थी तथा अभिभावकहरूको आकर्षण बढेको हो । विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याउन विभिन्न क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ । विद्यालयमा नि:शुल्क रुपमा अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्न सकिने भएकाले अभिभावक तथा विद्यार्थीको आकर्षण बढेको हो ।
प्रशस्त रुपमा कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेलमैदान, विद्यालय प्रवेश गर्ने वित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण आफूहरु बागेश्वरी माध्यमिक विद्यालय तर्फ आकर्षित भएको विद्यार्थी प्रिन्सा दहालले बताईन । उनले भनिन् , ‘मायालु वातावरणमा शिक्षक पढाउन थालेपछि नै यो स्कुल मन पर्छ।’
“हाम्रो सामुदायिक विद्यालय निजी विद्यालयभन्दा कुनै पनि कुरामा कमी छैनन् भएका स्रोत र साधनलाई प्रयोग गरेर अगाडि बढ्न सक्नुपर्दछ,” विद्यालयका अध्यक्ष केशव रिमालले भने । विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयले पहल थालेको समेत बताए ।
विद्यालयले यस वर्ष देखि नेपाली माध्यमका साथै अंग्रेजी माध्यमलाई पनि अगाडि बढाइएको विद्यालयले जनाएको छ । विद्यालयले थप शिक्षकको व्यवस्था गरेर अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरेको अध्यक्ष रिमालले बताएका छन्। कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सरकारी विद्यालयप्रति आकर्षण बढेको रिमालले बताए। हिजो देखि भर्ना अभियान सुरु गरेकोमा ३५ जना निजि विद्यालयबाट आएको जानकारी दिए।
विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलावबारे चासो राख्दा पनि विद्यार्थी तथा शिक्षक अनुशासनमा डोर्याउन सहज हुने प्रधानाध्यापक राजन प्रसाद अधिकारीको भनाइ छ ।
0 Comments