Breaking News

6/recent/ticker-posts

Header Ads Widget

जीवन र सङ्घर्ष ! -उत्सव चौलागाईं

Photo  source :- utshav Fb

 

गल्छी खबर,चैैत्र २७।

जीवन र सङ्घर्ष !

-उत्सव चौलागाईं 

कहिले लड्छ कहिले उठ्छ 

कहिले छालहरूसँग लहरिन्छ 

कहिले आँधी र हुरीसँग बेरिन्छ 

अनि कहिले फुल्छ कहिले झर्छ ।


भोको पेटलाई एकातिर थन्क्याएर 

जीवन र सङ्घर्षको यात्रा गरिरहेका 

ती महान् मानिसहरू छ्याप छ्याप्ति भेटिन्छन् पाइलै पिच्छे ।


हलो र गोरुसँग नारिएर टन्टलापुर घाममा 

पटपटी फुटेका पैताला घिसार्दै 

पसिनाका धाराले नुहाउँदै

वर्गीय छातीहरू इमानले बाँचेका छन् । 


ती चाउरी परेका अनुहारहरूमा

पुँजीवादी किरिम छैन

सत्ताको उन्माद थाहा छैन

माटोको बास्ना छ प्रेमिल

अहंकारको रेखा देखिँदैन

विभेदको कुनै ऐन छैन ।


मजदुर हुनु

बेइमानीहरूको भिडबाट अलग हुनु हो ।


श्रमजीवी हुनु

छालछाम र बिचौलिया जीवनबाट टाढा हुनु हो ।


सङ्घर्ष एकैखाले हुँदैन 

ऊ पसिनाको खेती गरेर दाते चढेपछि

भकारी भरिन्छ भन्ने बुझ्दछ ।


झुटको खेती गरेर बुलेटप्रुफ चढ्नेहरूको 

के भरिन्छ ?

यो सङ्घर्ष तपाईं बुझ्नुहुन्छ कि ?

Post a Comment

0 Comments