Breaking News

6/recent/ticker-posts

Header Ads Widget

सुखको खोजी नै दु:ख हो । डा. बडाल



गल्छी खबर, चैत्र १८ ।  सुखको खोजी छ नि, हो त्यो खोज नै दु:ख हो । त्यसैले दु:खसङ्गै सुख हुन्छ । त्यस्तै सुख सङ्गै दु:ख हुन्छ । सुख र दु:ख दुबै भ्रम हो । दिमागको हावाको महल मात्र हो । "दु:ख सुख समे कृत्वा, लाभा लाभौ जया जयौ "। संसारमा न दु:ख छ, न सुख छ । दु:ख सुख छोडेर, फलको आसक्ति छोडेर निरन्तर कर्म गर्ने ब्यक्तिलाई लाभ नै लाभ जय नै जय हुन्छ । कर्म त गर्नै पर्छ । कर्म विना कोहि बस्नै सक्दैन । जिवनमा जिम्मेवारी छ, जवाफदेही ता छ । मोह विनाको स्थितप्रज्ञ शान्त ध्यानी पुरुष नै मुक्त सुखी खुशी पुरुष हो । संस्कृतमा पुरुष भनेको पर्सन/व्यक्ति  हो । संस्कृतमा देहको लिङ्ग हुन्छ तर देहिको कुनै जात धर्म वर्ण लिङ्ग हुंदैन । निरन्जन निराकार हुन्छ । त्यसैले दु:खमा आत्तिने र सुखमा मत्तिने दुबै दुखी हुन । दु:ख सुख मनको बह मात्रै हो । 


दु:खको कारण मोह हो । दु:खको कारण नै हाम्रो असोचनिय अनियंत्रित इच्छा हो । दु:ख भनेको राम्रो सङ्ग सोच विचार नगरीकन  गरिएको कर्म तथा बोलिको परिणाम हो । दु:ख भनेको आलस्य र प्रमादको परिणाम हो । त्यसैले "अशान्तस्य एवं आलस्य तो कुतो सुखम ।" अशान्त र आलस्य ब्यक्तिलाई सुख मिल्दैन । त्यसैले ध्यान र  योग (भक्ति, ज्ञान, कर्म) नै सफल जिवनको सहि र एक मात्र उन्नत  मार्ग हो । देश बरबाद भयो । हिन्दूहरु सकिए । धर्म नास भयो ।

 देशमा नैतिकता र विधिको शासन खत्तम भयो । यसको प्रमुख कारण हामी नै हौं ।  सत्य के हो , दु:ख के हो, जीवन के हो आदि केही सिकाउन सकेनौं । आफू हामी पनि पश्चिमको भौतिकतामा भुलियौं । धर्म दर्शन सुख शान्तिका मुख्य मार्ग हुन । लोभ मोह त्याग त्याग गर्न सक्ने शक्ति बढ्छ । जिवनको सुख भनेको त्याग हो । त्याग गर्न सक्ने क्षमता नै सुखको आधार हो । म मेरो मेरा आफ्ना सबै हुन । सुख भनेको सबैलाई माया गर्नु हो । कसैलाई दु:ख नदिनु हो । सहयोग गर्नु नै सुख हो । सेवा गर्नु नै सुख हो । सबैले आफ्नो कर्म इमानदारीताका साथ गरे पुग्छ । लोभ मोह त्यागिदिए पुग्छ । पदलोलुपता त्यागिदिए पुग्छ ।

Post a Comment

0 Comments