गल्छी खबर, फागुन २४। यो सम्बन्ध हाम्रो, योगेन्द्र राज न्यौपाने ।
यो सम्बन्ध हाम्रो यसरी नै फुलि रहोस
सम्बन्धको फल सधै यसरी नै झुलिरहोस।।
सम्बन्धको फल सधै यसरी नै झुलिरहोस।।
थाहै नपाई बितेछ नि हाम्रा पाच बर्ष
दुबो जस्तै यो सम्बन्ध सधैभरि मौलीरहोस।।
धेरै माया अनि सम्मान पाएको छु तिमिबाट
बाकि बर्ष सम्बन्धको यसैगरि चलिरहोस।।
ज्योति बनि आयौ तिमि मेरो जिन्दगिमा
हाम्रो सम्बन्धको दियो अनवरत बलिरहोस।।
बाचा गर्छु प्यारि तिमिलाई हरपल साथ दिने
कठिनाईमा अघि बढ्ने हिम्मत सधै मिलिरहोस।।
शुभकामना छ प्यारी पाचौ बर्षगाठको
साथ हमेसा तिम्रो यसरिनै मिलिरहोस।।
✒️ योगेन्द्र राज न्यौपाने ।
0 Comments