Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नेपाली पहिचान - डा. बीपी बडाल



गल्छी खबर फागुन २२। नेपाली पहिचान 

बहुल जाती भाषा धर्म संस्कृति छन् विशाल र ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमालले नै नेपालको पहिचान दिन्छ । नेपाली हुन बहुल जाती मध्ये एउटा जाती हुनै पर्यो, नेपाल भित्र बोलिने कुनै पनि नेपाली भाषा बोलिनै पर्यो, नेपाली धर्म संस्कृति हुनै पर्यो।

अब लोकतान्त्रिक पद्धतिमा जातीय व्यवस्था हुँदैन। मान्छेको कुनै जात हुँदैन। लोकतन्त्रमा लिंगीय विभेद गर्न पाइदैन, मानवलाई महिला, पुरुष, वा तेश्रो लिंगी बनाउन पाइंदैन। त्यसैले राष्ट्रगानमा भएको बहुलजाती भन्ने शब्द जातीवाद (Racism)को विकासमा जोड दिन्छ। त्यस्तै नेपालमा नेपाली भाषा अर्थात नेपालमा जन्मेका हुर्केका भाषा बोल्न पाइन्छ । 

पाणिनी गाउँपालिकामा लेखिएको पाणिनीको ब्याकरणबाट बेद ब्याश ऋषिले तनहुंको ब्यास नगरमा वेद पुराण महाभारत, तथा चितवनको त्रिवेणीमा बाल्मिकी ऋषिले लेखेको बाल्मिकी रामायण, कौषिकी नदीको तिरमा बसेर विश्वमित्र (कौषिक) ऋषीले लेखेको गायत्री मन्त्रको मुल भाषा, नेपाली भाषाको जननी संस्कृत भाषा हो। संस्कृत भाषा नेपालमा किन बन्द गरियो ? मैथली भोजपुरी तथा देहाती भाषाको सट्टा हिन्दि भाषा किन मधेशमा प्रयोग हुन्छ ? बहुल भाषा भनेको कुन कुन हो ? क्रिश्चियन धर्म कसरी नेपाली हो ? ज्ञानभूमि अथवा शान्तिभूमिमा धर्म निरपेक्ष राज्यको भूमिका के हुने हो ?  तराई, पहाड, हिमालको कानूनी पहिचान के हो ?  समाजवाद उन्मुख अर्थतन्त्र भनेको नेपाली समाजवाद हो। स्वतन्त्रतामा पूर्ण स्वतन्त्रता र समानतामा पूर्ण समानता अर्थात् काँग्रेसको र कम्युनिष्टदुवैको समाजवादको फ्युजन नै नेपाली समाजवाद हो । 

नेपालको पहिचानको विशिष्टता आफैमा वैभवशाली छ। कुनैपनि आयातित धर्म, संस्कृति, दर्शन, शिद्धान्त, विचार, नै नेपाली पहिचान बिरोधि हुन्। पहिचानको राजनीतिमा आफ्नो मौलिक पहिचान मेटाउनु र आयातित प्वाँख उमार्नु  पूर्ण मुर्खता हो।

बिदेशी त्यागेर  स्वदेशी अपनाउनु नै नेपाली पहिचान हो। नेपाली धर्म, संस्कृति, ज्ञान, दर्शन बिदेशी भन्दा बस्ताब मै उत्कृष्ट छन् ।  त्यसैले नेपाली पहिचानको विकास  भनेकै – बिदेशी त्याग्नु र स्वदेशी अप्नाउनु र समृद्ध बनाउनु हो। बिदेशीको दाश गुलाम शिष्य होइन नेपाली बनौं, नेपाली अपनाउँ !!
नमस्ते नेपाली !

Post a Comment

0 Comments