लोकतन्त्रको महत्वपूर्ण पक्ष भनेकै जनताको धर्तिपुत्र राष्ट्रको सर्वोच्व पदमा पुग्न सक्ने व्यवस्था हो | हलो जोत्दै गरेको किसान राष्ट्र प्रमुख हुन सक्ने प्राबधान हो | लोकतन्त्रको कुनै बिशेसता हुँदैन | लोकतन्त्रमा बिशेषता हालियो भने त्यो बिशेषताले नेतृत्व गर्न थाल्दछ | लोकतन्त्रमा समावेशी विशेषता राख्नाले नेपालमा समावेशी लोकतन्त्र स्थापित भएको छ अर्थात् समाजमा धनि गरीब, आर्यन, मंगोल, दलित, जनजाति, महिला, मधेसी, मुस्लिम आदि आदि विभिन्न प्रकारका जाति तथा उपजातिको संरक्षण भएको छ | लोकतन्त्रको उद्धेस्य नै यो विभेद हटाउनु हो | समानता र स्वतन्त्राको प्रत्याभूति गराउनु हो | विधिको शासन कायम गर्नु हो | घर घरमा शिंह दरबार पुगेको आभास दिनु हो | जनताको दैनिक समस्या, रोजगारीको सृजना, पूर्वाधारको निर्माण, धर्म संस्कृतको विकास तथा संरक्षण नै लोकतन्त्रको सुदृढीकरण हो |
राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था संविधानको धारा ६२ मा गरिएको छ | राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार मतभार निकाल्दा संसद्मा रहेका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गर्दा आउने भागफल संसद्तर्फको मतभार हुन्छ | प्रतिनिधिसभामा कुल २७५ सदस्य र राष्ट्रियसभामा कुल ५९ सदस्य गरी सङ्घीय संसद्मा जम्मा ३३४ सदस्य हुन्छन | त्यस्तै सातवटा प्रदेशसभामा गरी कुल ५५० जना सदस्य हुन्छन | नेपालको कुल जनसंख्यालाई ३३४ र ५५०ले भाग गर्ने र आएको भागफललाई पुनः १०००ले भाग गरेर मतभार निकाल्ने चलन छ | संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभइ फरक–फरक मितिमा निर्वाचन हुनेछ | राष्ट्रपतिले प्रधान न्यायाधिसबाट सपथग्रहण गर्ने प्राबधान छ | अवस्य पनि यो निर्वाचनले संबिधानले सहि मार्ग समाउने छ | विकास र लोकतन्त्र अगाडी बढ्ने छ | नेपालमा सुशाशन कायम रहने छ | यहि फाल्गुन २५ गते हुने निर्वाचनमा नेपाली कांग्रेशका रामचन्द्र पौडेल, तथा एमालेका सुभासचन्द्र नेम्बांग प्रतिश्प्रधामा रहेका छन् |
शुभकामना
0 Comments