गल्छी खबर चैत्र १। संसारको सबैभन्दा सुखी नेपाली ।
Pic:-Bhuwan Maharjan |
७७ जिल्ला घुमेर हेर्दा नेपाल स्वर्ग हो । विश्व प्रशिद्ध हिमाल, पहाड, तराई र ६००० खोलानाला भएको देश नेपाल हो । स्वर्ग कसरी गरीब हुन्छ ? काम नगर्ने तर ठुलो अपेक्षा गर्ने सप्नदर्शी ठग मात्रै गरीव हुन । मेहेनती कसरी गरीव हुन्छ ? अकबरे खोर्सानी रोपेर पनि अरबपति बन्न सकिन्छ । हिमाल हेरेर, घाम तापेर, आफ्नो बारिको अन्नपात आफ्नै, गोठ्को दहिदुध आफ्नै खोरका हांसकुखुरा खाएर बसेका नेपाली कसरी गरीब ? मन्दिर जाने, प्रकृतिको पुजा गर्ने, विश्वअन्त्यरिक्षको शान्तिको कामना गर्ने, जलचर, स्थल्चर, मानव जनावर सबैलाई समदर्शीभाव प्रकट गर्ने नेपाली कसरी जातिवादी ? कसरी बिभेद्कारी? केही चिज नित्य छैन ।
जीव जन्मिन्छ, रमाइलो गर्छ, र मर्छ । कुनै चिन्ता नभएको नेपाली कसरी दु:खी ? जिवनको अन्तिम सत्य बुझेका नेपाली नै बास्तबमा सुखी तथा समृद्ध नेपाली हुन । आफ्नो जीवन जिउने हो अर्कोको हेर्ने होइन । अर्कोसङ्ग दांज्नु पुर्णतः मुर्खता हो । हामी नेपाली हाम्रो नेपाल !
सभ्यता, जीवनपद्धती तथा धर्मसंस्कृति सबैको फरक हुन्छ । आफ्नै हुन्छ । अत्यन्त महत्वपूर्ण हुन्छ । आफ्नो पहिचान बिशेष हुन्छ । दांज्नै मिल्दैन । सबै राम्रो हुन्छ । सबै पृथक हुन्छ । त्यसैले अरु जस्तै नेपाल नेपाली पनि गजब छ्न, पृथक छन, भब्य छन । त्यसैले नेपाल र नेपाली विश्व कै सुखी र खुशी हुन । त्यसैले सोच बदल्न जरुरी छ ।
0 Comments