गल्छी खबर फागुन कोशी प्रदेश । डा.बीपी बडाल
कोशी मंगोल तथा आर्य दुबै समुदायको पबित्र सङ्गम हो । यस्तै कोशी नदीमात्र होइन, जसरी इन्दस सभ्यताको विकास भयो, जसरी गंगा नदीको कारण गंगा सभ्यताको निर्माण भयो त्यसैगरी कोशी सभ्यताको आधार नै कोशी नदी र यसको जलाधार क्षेत्र हो ।
कर्णालीको मानसरोवर- कैलास सम्मिलित रक्षस: शैव परम्परा, गण्डकीको सालग्राम र मुक्तिनाथ सहितको पालन: वैश्णव परम्परा जस्तै विश्वको पहिलो धाम चतरा बराह क्षेत्र सृष्टि: आदिको आधार र गायत्री मन्त्रको उत्पत्ति भएको, कौशिक ऋषि तथा विश्वामित्र ऋषिको तपोभूमि नै कोशी प्रदेश हो ।
नेपालको सृष्टि (कोशी) स्थिति (गण्डकी), र प्रलय (कर्णाली) अर्थात ब्रम्हा विस्णु महेस कै प्रतिनिधित्व भएको छ । इन्द्रावती , सुनकोशी, तामाकोशी, दुधकोशि, लिखु, अरुण, र तमोर नदीले सिन्चित हिमाल पहाड तराई समेटेको सभ्यताको उद्गम विन्दु नै पुर्वको कोशी हो । सगरमाथाको जलले सिन्चित, सम्पुर्ण हिन्दु सनातनीहरुको आश्थाको आधार स्तम्भ, गायत्री मन्त्र लेखिएको पवित्र भुमि नै कोशी हो । कोशीबाट नै हिन्दु धर्म बिश्व भरी फैलिएको हो । त्यसैले शप्तकोशी सभ्यता किराँतेश्वर महांदेव र बराह अवतार भगवान विश्णुको संयुक्त उत्पन्न स्थल हो । शिव र हरिको अर्थात हरि र हरको संयुक्त हरिहर क्षेत्र नै कोशी हो । सुम्निमा (शक्ति) र पारुहाङ (शिव) नै किरांतेश्वर महांदेवको उत्पत्ति हो । कोशी नै किराँत( शैव) र गायत्री ( वैश्ण्व) सभ्यताको तपोभुमी हो । गुरु फाल्गुणानन्दको भुमि हो । नेपालमा संघीयता महङ्गो भएको छ यद्यपि यस्ले विकासको धेरै काम पनि गर्न सक्छ । नेपालीको व्यवस्था प्रती उदासिन मनोवृत्तिलाई उत्साहित बनाउने छ भन्ने आशा छ ।
नेपालका सुर्योदयका जिल्लाहरु ताप्लेजुङ,पाँचथर, इलाम झापा, मोरङ, सुन्सरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुंगा,र रामेछापको प्रादेशिक नाम "कोशी" हो । सबैभन्दा उत्तम चैं द्वन्द्वको बीउ जातीय राजनीतिको अन्त्य गर्न कोशी प्रदेश सफल भएको छ । धर्म, संस्कृति, र सभ्यताको पुनर्जागरण गर्न सफल भएको छ । साधारणतया बोलीचालीमा मङोलियाबाट आएकालाई मङोल र पढेलेखेका आर्यवर्त खण्डबाट आएकालाई आर्यन भनिन्छ । सबै कोशीका दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक हार्दिक शुभकामना ।
जय कोशी प्रदेश ।।
0 Comments