Breaking News

6/recent/ticker-posts

Header Ads Widget

धर्म के हो ? डा. बिपि बडाल

 


गल्छी खबर फागुन १०। धर्म के हो ?

मार्क्सवाद र भगवद्गीता दांजेर अध्ययन गर्दा गीता उत्कृष्ट छ । धर्मको बारेमा मार्क्सवाद बोलेकै छैन तर युरोपको १८औं शताब्दी (आज भन्दा २०० बर्ष अगाडि) क्रिश्चियन पादरी बिरुद्ध त्यो सम्प्रदायलाई (Christian Religion)  आफिम भनेका थिए । यो समय सापेक्ष छैन । 


यो यूरोपको सानो क्षेत्रको बिषय सम्पुर्ण सनातन सभ्यतामा लागु हुंदैन । मार्क्सवाद बिभेद्कारी छ । धनी र गरीव , पुंजिपती र श्रमिक बिच विभेद गर्दछ । बर्ग निर्माण गरेर,बर्ग  बिहिन युटोपिया प्राप्तिको लागि नै वर्गसंघर्ष गराउंछ । द्वन्द्वात्मक तर्क गर्छ । भगवद्गीताले पंचमहाभूतबाट निर्मित सबै चरचर जगतलाई नै एक मान्दछ । कुनै जात धर्ममा विभेद गर्दैन पुरै प्रकृतिको वकालत गर्दछ । कर्म ज्ञान र भक्तीमार्ग प्रस्तुत गर्दछ । गीता गुणात्मक छ  अद्वैत छ यसले दुई अस्तित्वलाई द्वन्द मान्छ  भने मार्क्स्वाद संख्यामा बिश्वास गर्छ ।


भगवद्गीताका अनुसार पानीको धर्म भिजाउनु हो, आगोको धर्म जलाउनु हो भने मानवको धर्म सेवा हो । ब्रह्म बुझेको, पढेलेखेको अथवा पढ्नेलेख्ने गुण भएको ब्यक्ति ब्राह्मण हो । क्षेत्रको रक्षा गर्ने गुण भएको ब्यक्ति क्षेत्री हो । ब्यापार गर्ने गुण भएको ब्यक्ति बैस्य हो । सेवा गर्ने गुण भएको ब्यक्ति सुद्र यानी सेवक हो । समस्या धर्मको होइन धर्म छोडनु चैं हो ।  धर्म सत्य हो । धर्म गुण हो । धर्म प्राकृतिक नियम हो । धर्म विकास गर्न खोज अनुसन्धान गर्न बांकी बिज्ञान हो । मार्क्सवाद कार्ल मार्क्सले प्रत्पादन गरेको सानो सिद्धान्त हो । 


हाम्रो धर्म संस्कृति सभ्यता र पहिचान विरुद्ध  बिदेशी, डलरवाला, दलाल जस्ता  नेताको चाल बुझ्न नसक्नु हामी सोझा जनताको समस्या हो । धर्म पाप हुनै सक्दैन । पाप हुन्छ भने त्यो धर्म नै होइन । छुवाछूत भेदभाव समाजमा छ, धर्ममा छैन । 

धर्मो रक्षती रक्षत:

Post a Comment

0 Comments