गल्छी खबर फाल्गुण १। गोल्डेन आई एजुकेशनल इन्स्टिच्युट प्रा. लि. को १३ औँ वार्षिक अवसरमा आयोजित फुटसल प्रतियोगितामा पत्रकारको समूह विजयी भएका छन् ।
आयोजक संस्था गोल्डेन आई एजुकेशनल इन्स्टिच्युट प्रा.लि.लाई पत्रकार समुह ९ -३ को फराकिलो अन्तरले विजय भएका हुन् । धादिङ फुटसलमा सोमबार सम्पन्न फुटसल प्रतियोगितामा विजयी समुहलाई ट्रफी र मायाको चिनो प्रदान गरिएको गोल्डेन थियो ।
त्यस्तै, गोल्डेन आई एजुकेशनल इन्स्टिच्युट प्रा लि. का विद्यार्थी र नीलकण्ठ मा.वि.का विद्यार्थी बिच भएको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा गोल्डेन आईका विद्यार्थी विजयी भएका छन् । निलकण्ठ मा. वि. लाई ९-५ को फराकिलो अन्तरले गोल्डेन आईका विद्यार्थी विजयी भएका हुन् । विजयी विद्यार्थीहरुलाई ट्रफी प्रदान गरिएको थियो ।
राष्ट्रका लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद भन्ने मुल मर्मका साथ देश अघि बढीरहेको छ । सम्बन्ध विस्तार, र नयाँ तरिकाले मनाउने क्रममा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेर वार्षिक उत्सव मनाइएको गोल्डेन आई एजुकेशनल इन्स्टिच्युट प्रा. लि. का अध्यक्ष केशव सापकोटाले बताउनुभयो ।
गोल्डेन आई एजुकेशनल इन्स्टिच्युट प्रा.लि. को १२ वर्ष पुरा गरि १३ औं वर्षमा प्रवेश गरेको हो। यो बिचमा धेरै खालका आरोह अवरोह व्यहोर्नुपरेको सापकोटाले बताउनुभयो । अहिले अवसर र चुनौती दुवै छ । उहाँ भन्नु हुन्छ - हामीले विगत लामो समयदेखि कम्प्युटर, जापनिज, कोरियन लगायतका भाषा कक्षा, विभिन्न तहका ट्युशन कक्षाहरु संचालन गर्दै आएका छौं । विद्यार्थीको सहजका लागि पुछार बजार, बिच बजार र सिरानबजार गरि तिन शाखाबाट सेवा दिदै आएका छौँ । गोल्डेन आई एजुकेशनल इन्स्टिच्युट प्रा लि. शैक्षिक क्षेत्रको सकारात्मक परिवर्तनको संवाहक बनेको हामीले महसुस गरेका छौँ," उहाँले बताउनुभयो ।
0 Comments